तिब्बत मामलामा नेपाल दबावमा रहेको चीनियाँ राजदूतको दाबी

१५ मंसिर २०६९, शुक्रबार १७:०५ मा प्रकाशित

काठमाडौं, १५ मंसिर । नेपालका लागि चिनियाँ राजदुत याङ होउलानले चीन र भारत दुबैका लागि नेपालमा राजनीतिक तथा सामाजिक स्थायित्व महत्वको विषय भएको धारणा अघिसारेका छन् । नेपालको पछिल्लो अवस्थाको विषयमा चीन र भारतको समान धारणा रहेको उल्लेख गर्दै राजदूत होउलानले नेपालको पछिल्लो अवस्थाका बारेमा नयाँ दिल्ली र बेइजिङबीच परामर्श जारी रहेको समेत खुलासा गरे ।

राजधानीमा शुक्रबार आयोजित एक साक्षात्कार कार्यक्रमबीच होउलानले भारत र चीनबीचको सम्बन्ध राम्रो रहेको र दुबै मुलुक एकअर्काको सहयोगमा विश्वास गर्ने भएकोले कुन मुलुकले कुन मुलुकलाई नियन्त्रण गर्ने भन्ने विषयमा चीनले विश्वास नगर्ने बताए । नेपालको वर्तमान अवस्थाले छिटो निकास पाउनेमा चीन आशावादी भएको भन्दै उनले नेपालको पछिल्लो राजनीतिक अवस्था जटिल भए पनि त्यसलाई नेपाली जनताले समाधान गर्ने विश्वास ब्यक्त गरे । नेपालको राष्ट्रपति र प्रधानमन्त्रीवीच द्वन्द्व भनिए पनि जटिल रुपमा भएको आफूले नलिएको भन्दै सम्वादको प्रक्रियाबाट द्वन्द्वको हल हुने उनको कथन थियो ।
सन् १९७० को दशकमा चीन नेपालको अहिलेको अवस्थाजस्तै परिवेशबाट गुज्रिसकेकोले नेपालको पछिल्लो अवस्थाको विषयमा चीनको सहानुभुति रहेको जनाउँदै राजदुत होउलेनले नेपालको राजनीतिक स्थायीत्वको लागी चीनले सहयोग गरे पनि कसरी गर्ने र कस्ले गर्ने भन्ने कुराको निधो नेपाली जनताले नै गर्नुपर्ने धारणा राखे ।
कुनै मुलुकको नाम नलिई उनले ‘केही शक्तिहरुले चिनको स्थीरतामा असर पार्न तिब्बती मुद्दा उठाईरहेकोले नेपाल दबावमा रहेको चीनले महसुस गरेको’ अभिव्यक्ति दिए । चीनमा आएको नयाँ नेतृत्वले विश्वको आर्थिक विकास सँगसँगै पर्यावरणीय र शान्ति स्थापनामा केन्द्रीत हुने विश्वास ब्यक्त गर्दै यो दशकको अन्त्य सम्ममा समृद्ध सवल, प्रजातान्त्रिक र सभ्य आधुनिक सामाजिक मुलुकको हिसावमा चीनलाई अघि बढाउने दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले नेपाल प्रहरीमा ३ वटा दर्जा (पद) थपेको छ । प्रहरी कर्मचारीको मनोवल बढाउनका लागि भन्दै सहायक तहमा

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा