भारतीय पूर्वप्रधानमन्त्री आइके गुजराल रहेनन्

१५ मंसिर २०६९, शुक्रबार १६:५७ मा प्रकाशित


काठमाडौं, १५ मंसिर । भारतका पूर्वप्रधानमन्त्री आइके गुजरालको निधन भएको छ । शुक्रबार भारतीय समयअनुसार अपरान्ह साढे तीन बजे गुडगाउँको मेदान्ता अस्पतालमा दिवंगत भएका गुजराल ९२ वर्षका थिए । फोक्सोमा संक्रमण भएपछि ११ दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । पछिल्ला केही दिनदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो । अन्तिम संस्कारका लागि उनको शव दिल्ली लगिँदैछ ।
इन्द्रकुमार गुजराल अप्रिल १९९७ देखि मार्च १९९८ सम्म जनता दलको नेतृत्व रहेको संयुक्त मोर्चाको सरकारका प्रधानमन्त्री रहेका थिए । भारतमा उनी एक सफल विदेशमन्त्रीका रुपमा समेत चिनिन्थे । ‘गुजराल डक्ट्रिन’को नामबाट प्रसिद्ध उनको विदेश नीति भारतका छिमेकी देशहरुसँगको सम्बन्धका सन्दर्भमा अत्यन्त चर्चामा रहेको थियो । खासगरी भारत–पाकिस्तान सम्बन्धमा एक सेतुको भूमिकाका लागि उनी सदा स्मरणीय रहने भारतीय मिडियाहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति