दक्षिण कोरियामा पदम पन्तले आत्महत्या गरे

११ चैत्र २०६८, शनिबार ०६:०४ मा प्रकाशित

राजिव भण्डारी, सिओल १० चैत । ईपिएस मार्फत दक्षिण कोरियामा आएका गुल्मी तम्घासका पदम पन्तले शुक्रबार सबेरै आत्महत्या गरेका छन । शुक्रबार बिहान करिव ४:३०मा उक्त घटना घटेको आशंका गरिएको छ । सुसाइड नोट समेत लेखेका पदम पन्तले कसैलाई कुनै आक्षेप भनी नलागाएको दुतवास स्रोतले बताएको छ । पत्रमा आफु संग केही सिमित पैसा रहेको र उक्त रकम भाई लाई दिन आग्रह समेत पत्र बाट मृतक पन्तले गरेका छन । सुसाइड नोटका अनुसार साथीभाईहरुले गरेको ब्यबहार बाट भने खिन्नता प्रकट गरेका थिए । आफ्नो बैंकमा जम्मा भएको करिव छायालिस लाख वन रहेको र निकाल्नको लागि पासवर्ड समेत लेखेका थिए ।
ईन्छन स्थित फुङजन कम्पनीमा काम गर्दै आएका मृतक पन्तको शब लाई नेपाल पठाउने चाँजो पाँजो सम्पूर्ण गरिसकेको जानकारी दुतावासले दिएको छ । घरपरिवार संग संपर्क भईसकेको र उता बाट शब लाई नेपालमा नै फिर्ता लग्ने प्रकृयागत तयारी हरु गरिराखेको जानकारी आएको छ । कम्पनीमा संगै काम गर्ने साथीहरुका अनुसार मृतक पन्तले विहिबार बेलुका मादक पदार्थको सेवन गरेका थिए । मृत्‍यु के,कस्तो कारणले भएको अझै जानकारीमा नआएपनी डिप्रेसनको सिकार भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको