सहमतीय सरकारको नेतृत्वका लागि आफुलाई सहयोग गर्न कोइरालाको आग्रह

१५ मंसिर २०६९, शुक्रबार १५:५१ मा प्रकाशित

काठमाडौं, १५ मंसिर । कांग्रेस सभापति सुशील कोइरालाले मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सहमतीय सरकारका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।
कोइराला निवास महाराजगञ्जमा आज भएको भेटबार्तामा राष्ट्रपति डा. रामवरण यादवले दोस्रो पटक दिएको समयसीमा भित्रै निकास दिनुपर्नेमा समेत दुई शीर्ष नेताबीच सहमति भएको छ ।
जवाफमा अध्यक्ष यादवले आफू सहमतीय सरकार बनाएर मुलुकलाई निकास दिने पक्षमा रहेको भन्दै सभापति कोइरालालाई सरकार बनाउन सहयोग गर्ने आश्वासन दिए । ‘सहमतिका साथ सरकार बनाई नयाँ निर्वाचन गरेर संविधान जारी गर्नुपर्छ,’ अध्यक्ष यादवले भने, ‘कांग्रेसको नेतृत्वमा बन्ने सरकारमा मेरो आपत्ति छैन ।’
दलहरुको सुझावमा राष्ट्रपति डा।यादवले बिहीबार राति दोस्रो पटक एकसाता भित्र सरकार बनाउन पुनः समय उपलब्ध गराए पछि कांग्रेस सभापति कोइरालाले परामर्श शुरु गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

आजको प्रमुख समाचार