सामसुङले ५५ लाख डलर क्षतिपुर्ति तिर्नुपर्ने

१५ मंसिर २०६९, शुक्रबार १५:४६ मा प्रकाशित

काठमाडौं, मंसिर । दक्षिण कोरियाली एक अदालतले विद्युतीय सामाग्री उत्पादक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सलाई आफ्ना पूर्व कर्मचारी बिभिन्न प्रबिधि निर्माण गरेबापत ५५ लाख अमेरिकी डलर दिन आदेश दिएको समाचार एजेन्सीले जानको छ ।
चुङ थर भएका पूर्व कर्मचारीले सामसुङको टिभीका सन् १९९१ देखि १९९५ सम्म २० वटा महत्वपूर्ण प्रबिधि निर्माण गरेबापत बोनस रकम पाउनुपर्ने भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।
बिहीबार सियोलको केन्द्रीय जिल्ला अदालतले चुङलाई ६ अर्ब वन (कोरियाली मुद्रा) ५५ लाख अमेरिकी डलर तिर्न सामसुङलाई आदेश दिएको हो । सामसुङले चुङले बनाएको प्रबिधिबाट ६० अर्ब वनसम्म कमाएकाले सामसुङले चुङलाई ६ अर्ब रकम दिनुपर्ने अदालतको निर्णय छ ।
अदालतले आफ्नो निर्णयमा भनेको छ ‘यदि कुनै पनि कम्पनीले आफ्नो कर्मचारीले बनाएको प्रविधिबाट पैसा कमाउँछ भने नाफाको १० प्रतिशत कर्मचारीलाई दिनुपर्छ ।’
सामसुङले भने यसबारे अदालतमा अपील गर्छ कि गर्दैन भन्ने स्पष्ट भइसकेको छैन । सामसुङ आफैंभित्र मात्र नभएर एप्पलजस्ता कम्पनीसँग पनि बारम्बार कानुनी लडाईमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । चीनमा १०६ वर्षे वृद्ध व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ । चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार

टोकियो । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस जापानमा पनि भेटिएको छ । जापानका सरकारी अधिकारीले आफ्नो देशभित्र ओमिक्रोनबाट

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ । रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले नयाँ कोरोना भेरियन्ट संग डराइहाल्नु पर्ने अवस्था नरहेको बताएका छन् । उनले यो ‘ओमिक्रोन’