मनिषा पनि ‘बंशाणु रोग’को शिकार

१५ मंसिर २०६९, शुक्रबार १५:४४ मा प्रकाशित

काठमाडौं, १५ मंसिर । कोइराला परिवारलाई बंशाणुगत रुपमै क्यान्सरपीडित परिवारका रुपमा चित्रित गर्नेहरुको कमी छैन । यस्तै धारणा राख्नेहरुको आनुमानलाई पुष्टि गर्दै कोइराला परिवारकी महत्वपूर्ण सदस्य तथा बलिवुड अभिनेतृ मनिषा कोइराला क्यान्सरबाट पीडित बनेको समाचार सार्वजनिक भएको छ । ४३ वर्षिया कोइरालाको पाठेघर क्यान्सरको गत बुधबार मुम्बईस्थित जसलोक अस्पतालमा शल्यक्रिया गरिएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको छ।
केही समयदेखि काठमाडौंमै रहेकी र आफ्नो लागि एक नयाँ घर निर्माण गर्ने तयारी गर्दै गरेकी मनिषालाई तल्लो पेट दुख्ने ब्यथाले विस्तारै सताउँदै आएको र अचानक खप्नै नसक्नेगरी पेट दुख्ने र बेहोस समेत हुन थालेपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएलगत्तै मनिषालाई क्यान्सर भएको पत्ता लागे पनि सोको खुलासा गरिएको थिएन । यहाँ उपचार हुन नसक्ने भनी बुम्बई रिफर गरिएपछि मात्रै उनी क्यान्सर बाट पीडित बनेको खुलासा भएको हो । बताइएअनुसार मनिषाको पाठेघर क्यान्सर दोस्रो चरणमा रहेकोले उपचर सफल हुने विश्वास चिकीत्सकहरुले गरेका छन् ।

स्मरण रहोस्, वीपी कोइरालाका पिताजी कृष्णप्रसादकी तेस्री तथा कान्छी श्रीमती दिव्याको कोखबाट जन्मिएका बिपी, केशव र तारणीप्रसाद तीनजनाकै मृत्यु क्यान्सरबाट भएको थियो भने पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पनि क्यान्सरकै कारण मृत्यु भएको हो । यति मात्र नभई तारिणीप्रसादकी छोरी कल्पनाको मृत्यु पनि क्यान्सरबाट भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार