छलफल सहभागि नगराएको भन्दै नेकपा–माओवादीले राष्ट्रपतिलाई बुझायो असन्तुष्टी पत्र

१५ मंसिर २०६९, शुक्रबार १४:५९ मा प्रकाशित

काठमाडौ, १५ मंसिर । राजनीतिक निकासका लागि दलहरुबीच भइरहेको छलफल सहभागि नगराएको भन्दै नेकपा–माओवादीले राष्ट्रपति समक्ष असन्तुष्टी पत्र बुझाएको छ । उपाध्यक्ष सीपी गजुरेल र पार्टी प्रवक्ता पम्फा भुषालले राष्ट्रपति कार्यालय  शितलनिवास पुगेर मुख्य तीन दल र थोरै सभासद भएका मधेशी मोर्चालाई चौथो शक्ति मानेर बोलाएको तर आफूहरुलाई नबोलाएको भन्दै आज हस्ताक्षरसहित असन्तुष्टि पत्र बुझाएका हुन् ।
आफूहरु तेस्रो शक्तिको रुपमा उदाएको नेकपा माओवादीको दाबी छ । आफूहरुले ९१ जना पूर्व सभासदको हस्ताक्षर पनि बुझाएको पार्टीको प्रवक्ता समेत रहेकी पम्फा भुषालले बताइन । माओवादीले छलफलमा सबै दललाई बोलाउन समेत माग गरेको छ ।
अहिलेको निकासका लागि आफूहरुले गोलमेच सम्मेलनको माग गरेको र गोलमेच सम्मेलन अन्य दललाई मान्य नभए वृहत राजनीतिक सम्मेलन गर्नुपर्ने राष्ट्रपति समक्ष धारणा राखेको उपाध्यक्ष गजुरेलले जानकारी दिए ।
राष्ट्रपतिले निर्वाचन अयोगमा पार्टी दर्ता नभएको प्रसंग निकालेपछि पछिल्लो समय कुनै पनि पार्टी दर्ता नगरिएको र आयोगमा जानकारी गराएको दर्ता नम्बर आफूहरुसँग रहेको जानकारी गराएको उपाध्यक्ष गजुरेलको भनाई छ ।
समय थपेर मात्रै राजनीतिक निकास ननिस्कने भन्दै सहमति नभए आफूहरु आन्दोलनमा जाने राष्ट्रपतिलाई जानकारी गराएको गजुरेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार