बहुप्रतिक्षित चलचित्र लुट हेर्न कतारमा टिकटको मारामार

११ चैत्र २०६८, शनिबार ०५:५८ मा प्रकाशित

रवि रोषी,कतार । नेपाली चलचित्र इतिहासमै पृथक कथाबस्तुमा निर्माण गरिएको चलचित्र लुट यहि आउँदो शुक्रवार कतारको दोहा सिनेमा हलमा प्रदर्शन हुन गईरहेको छ । प्रदर्शनको लागि मुख्य आयोजकको रुपमा रहेको स्यांङ्जा सहयोग समाजले हाल सम्म २४ सय टिकट बिक्री भईसकेको जानकारी गराएका छन् । कतारको हकमा चलचित्र प्रदर्शन गर्ने क्रममा यति धेरै टिकट बिक्री भएको पहिलो पटक हो, अर्का आयोजक लक्ष्मण खतिवडाले बताए । युवाहरुको नितान्त अन्र्तमनको वास्तविक गतिविधीलाई प्रतिनिधित्व गरी छर्लंङ्ग पार्न सक्नु र चलचित्र संवादमा नयाँपन भित्र्याउन सक्नु नै चलचित्र लुटको सफलताको राज भएको बताउने लुटका निर्देशक निश्चल बस्नेतले भेटक्रममा बताए । लुटमा आफ्नो आँशिक क्यारेक्टर रहेर पनि यति धेरै सन्तुष्टी कुनै चलचित्रबाट पनि पाएकी थिइनँ, लुटको बजार प्रोमोशनको लागि विगत १ सप्ताह देखि कतारमा रहँदै आएकी नायिका ऋचाले बताईन् । इजरायल अष्ट्रेलिया लगायत विभिन्न राष्ट्रमा भव्य प्रदर्शन गरी दर्शकको मन जित्न सफल चलचित्र लुटले कतारमा पनि राम्रो बजार पाउने निश्चित भईसकेको छ । नेपाली चलचित्र जगतमा अब पुराना शैलीमा चलचित्र निर्माण गरिएमा बजार पाउन सक्नेछैन भन्ने पुष्टि लुटले गरिदिएको छ, नायिका ऋचाले भनिन् । कतारमा आगामी २३ मार्चमा २ एकै दिनमा २ शो प्रदर्शन गर्न लागिएको चलचित्रमा कतारमा बस्ने नेपाली दर्शकहरुसंगै बसेर चलचित्र हेर्न पाउनुको मज्जा बेग्लै हुनेछ, आउनुहोस् प्रवेशद्धारमा म तपाईंको प्रतिक्षामा हुनेछु, ऋचाले अन्त्यमा भनिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।

काठमाडौं । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’