चीनबाट ६ वटा जहाज ल्याउने सम्झौता

१५ मंसिर २०६९, शुक्रबार ०८:५२ मा प्रकाशित

काठमाडौ, १५ मंसिर । नेपाल वायु सेवा निगमले आन्तरिक उडानका लागि चिनबाट ६ जहाज ल्याउने भएको छ । जाहाज खरिदका लागि चिनियाँ जहाज उत्पादक एभिक इन्टरनेसनल एसियासँग व्यापारिक सम्झौता समेत गरेको छ । यसले जहाज आउने अन्तिम सम्झौता नभए पनि यसले जहाज ल्याउने बाटो खुला गरेको छ । चीन सरकारले २ वटा अनुदान र ४ वटा सहुलियतपूर्ण ऋणमा जहाज दिन लागेको हो । यी जहाजको मूल्य करिब (३ अर्ब ९ करोड रुपैयाँ ९३ करोड ५० लाख अमेरिकी डलर) हो । सम्झौताअनुसार चीन सरकारका तर्फबाट एभिकले ५८ सिट क्षमताको एउटा एमए ६० र १९ सिटको वाई १२ ई जहाज अनुदानमा ल्याउनेछ ।

एउटा एमए ६० र तीनवटा वाई १२ ई सहुलियतपूर्ण ऋणमा ल्याइन लागेको हो । सम्झौतामा मन्त्रालयका सहसचिव एवं निगम सञ्चालक समिति सदस्य रञ्जन कृष्ण अर्याल, निगमका कामु महाप्रबन्धक राजु केसी र चिनियाँ पक्षबाट एभिक इन्टरनेसनलका एसिया डाइरेक्टर याङ कुम बाङ र एभिकका नेपाल प्रतिनिधि सोङ सियाओ निङले हस्ताक्षर गरे । ३० वर्षमा तिर्ने गरी चीन सरकारले दिने ऋणको रकमबाट जहाज आउनेछ । ‘५ वर्ष साँवा र ब्याज तिर्नु पर्दैन,’केसीले भने, ‘यो सम्झौतालाई जहाज ल्याउने परिपक्व कार्य भन्न सकिन्छ ।’ जहाज खरिदमा सधैं विवादमा पर्ने निगमका लागि यसपाला सरकारकै अग्रसरतामा प्रक्रिया अघि बढेको छ । अर्थ मन्त्रालयले लगेको प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेपछि यो सम्झौता भएको हो ।

निगमलाई यी जहाज सरकारले कसरी उपलब्ध गराउँछ भन्ने अझै प्रस्ट छैन । निगमले सरकारले खरिद गरेर उक्त रकम निगमको सेयरमा परिणत गर्न आग्रह गर्दै पत्र पठाएको छ । यसबारे सरकारले निर्णय गरिनसकेको पर्यटन मन्त्रालयका सचिव यज्ञ गौतमले बताए । अर्को चरणमा दुई सरकारबीच र अर्थ मन्त्रायले चीनको एक्जिम बैंकसँग सम्झौता गर्नुपर्छ । त्यसपछि दुई देशका नागरिक उड्डयन कार्यालयबीच पनि सम्झौता हुनुपर्छ । मन्त्रिपरिषद्को मंसिर १० को निर्णयपछिको विकास हो यो, केसीले भने । यसमा जहाजका पार्टपुर्जा र चालक तथा प्राविधिकहरूको तालिम र जहाज मर्मतका लागि चाहिने पूर्वाधार पनि समावेश रहेको उनले बताए । जहाज ल्याउने विषयमा गम्भीर भए दुई देशको ऋण सम्झौता आगामी फेब्रुअरीको अन्तिमसम्ममा हुनसक्ने सम्झौताका क्रममा उपस्थित एक सदस्यले बताए । एभिकले ऋण सम्झौता भएको तीन महिनामा निगमलाई जहाज उपलब्ध गराउने बताएको छ ।
यो अवधिमा आउने जहाज अनुदानअन्तर्गतको हुन्छ । ऋण सहुलियतअन्तर्गतको जहाज त्यसको पाँच महिनामा दिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार