करण सिंह नेपाल आउदै

१५ मंसिर २०६९, शुक्रबार ०८:३६ मा प्रकाशित

काठमाडौ, १५ मंसिर । भारतीय नेता करण सिंह आज नेपाल भ्रमणमा आउँदै छन् । उनको आज दिउँसो दुईबजे काठमाडौ आइपुग्ने कार्यक्रम छ । उनी काठमाडौं आए लगतै नेपालको राजनीतिक गतिरोधका विषयमा छलफल सुरु गर्ने कार्यक्रम छ ।  नेपालमा नयाँ राजनीतिक घटनाक्रम शुरु भएपछि करण सिंह नेपाल आएक हुन् ।
भारतीय सत्तारुढ पार्टी कंग्रेस आइकी अध्यक्ष सोनिया गान्धी निकट मानिने सिंह पार्टीका बिदेश बिभाग प्रमुख समेत हुन् । सिंहले नेपाल बसाइका क्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत सबै दलका नेताहरुसंग छलफल गर्ने कार्यक्रम छ ।
सिंहको स्वागतमा आजै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले रात्री भोज गर्दै छन् । भोजमा पूर्वप्रधानमन्त्री र विपक्षी दलका शीर्ष नेताहरुलाई बोलाइएको छ । शनिबार विहान सिंहले पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार