रौतहटमा भएको झडप दुई दर्जन बढी घाइते

१५ मंसिर २०६९, शुक्रबार ०८:३० मा प्रकाशित

रौतहट, १५ मंसिर । रौतहट जिल्लामा गाविस सचिवले गोप्यरुपमा गाउँ परिषद् गरेको विषयलाई लिएर दुईपक्षबीच झडप हुँदा दशजना बढी घाइते भएका छन् ।
हर्दिया पल्टुवा गाविसमा बुधबार राति भएको झडपमा वडा नम्वर ७ का शिवजी यादव, दिनेश यादव, शिवमंगल यादवलगायतका स्थानीय घाइते भएका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र समनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
झडपमा संलग्न रहेको आरोपमा रामकल्याण यादवलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरीक्षक कमल राईले बताए । गाविस सचिव अमिरीलाल दास थारु र उपस्वास्थ्य चौकी हर्दिया पल्टुवाका प्रमुख भरतकुमार मिश्रले ठेकेदारको मिलेमतोमा वर्षीक १० लाख रुपियाँ आम्दानी गर्ने विद्यालय स्वामित्वको पोखरी केही दिनअघि गोप्यरुपमा गाउँ परिषद् बसाली बिक्री गरेको स्थानीयले आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन

आजको प्रमुख समाचार