राष्ट्रपतिमाथि आरोप लगाएर गणतन्त्र मास्ने योजनामा एमाओवादीः बरिष्ठ नेता नेपाल

१५ मंसिर २०६९, शुक्रबार ०८:१८ मा प्रकाशित

काठमाडौ, १५ मंसिर । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले गणतन्त्रको प्रतिकको रुपमा रहेको राष्ट्रपतिमाथि आरोप लगाएर एकीकृत नेकपा माओवादी गणतन्त्र मास्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लबको विशेष साक्षात्कारमा उनले राजाको ठाँउमा राष्ट्रपतिलाई गणतन्त्रको प्रतिकको रुपमा दलहरुले नै राखेकोले राष्ट्रपतिलाई आरोपित गर्नु गणतन्त्र मास्ने षडयन्त्र भएको दावी गरे । उनले भने–गणतन्त्रको प्रतिकलाई आरोपित गरेर माओवादीले के गर्न खोजेको हो ? गंभिर आशंका छ ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा बरिष्ठ नेता नेपालले एमाओवादीका कारण मुलुक द्धन्द्ध तीर जान लागेको दावी गर्दै यस्तो अवस्थामा कसैले पनि राष्ट्रपतिलाई धम्क्याएर राम्रो नहुने चेतावनी दिए । उनले मुलुक द्धन्द्ध तिर गए प्रधानमन्त्री डा बाबुराम भट्टराईले लिनु पर्ने भन्दै मुलुक राम्रो दिशामा नगएको टिप्पणी गरे ।
नेपालले राष्ट्रपतिले सहमतिकोलागी आब्हान गरेर जोखिम मोलेको तर्क गर्दै अब राष्ट्रपतिले नै मुलुकलाई जसरी भए पनि निकास दिनु पर्ने बताएर राष्ट्रपतिको भावी कदम बारे संकेत गरे । प्रधानमन्त्री डा बाबुराम भट्टराईको नेतृत्व नैतिक दृष्टिले पनि स्विकार्य हुन नसक्ने स्पष्ट पार्दै नेपालले निर्वाचन आयोगमा दर्ता भएका बहुमत दल र सरकारमै रहेका दलहरुको समर्थन विपक्षी गठनबन्धनलाई रहेको दावी गरे ।
उनले भने–अहिलेको सरकारको विस्थापन सबैको चाहना हो । निर्वाचनमा आयोगमा दर्ता भएका बहुमत दल हामिसँग छन । सत्तारुढ दलले पनि सकारात्मक भनेका छन् । काग्रेसमा अव नेतृत्वको विषयमा विवाद नरहेको आफूले पाएको भन्दै माओवादीले काग्रेसलाई र काग्रेसले माओवादीलाई स्विकार्ने अवस्था नआए अर्को ब्यक्तिबाट मुलुकलाई निकास दिन सकिने उनको तर्क थियो ।
राष्ट्रपतिले सहमतिको सदिच्छा सहित गल्ती गरेर भए पनि दुई तिहाई बजेट स्विकारेको भन्दै एमाओवादी आश्वासन दिएर सबैलाई मुर्ख बनाउने अभियानमा रहेको उनको भनाई थियो । उनले भने–माओवादी सबैलाई मुर्ख बनाउँन खोज्दै छ । अन्तिममा आफै मुर्ख बन्छ । लोकतान्त्रिक विधीबाट सरकारमा पुग्ने जनताले नचाहे विपक्षमा बस्ने, जनता र निकास भन्दा ठूलो कुसी होईन भन्ने कुरा माओवादीलाई बुझाउन नसकेकोले अहिलेको समस्या आएको भन्दै उनले यो कुरा माओवादीले बुझेपछि मात्रै निकास निस्कने विश्वास ब्यक्त गरे ।
उनले माओवादीले कुरा नबुझेकोले अब खुल्लम खुल्ला रुपमा कुरा गर्नु पर्ने आवश्यकतामा जोड दिदै अब धेरै जिद्धि गरेर सत्तामा बसिरहे माओवादी आफै सकिने चेतावनी दिए । एमालेले नेतृत्वको दावी नगर्ने स्पष्ट पार्दै तीन दलबाहेक अरु दलको नेतृत्वको विषयमा अहिलेसम्म कसैले प्रस्ताव नगरेको भन्दै अब सहमतिकोलागी छलफलले तिब्रता लिने विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल