सहमजि जुटाउने म्याद फेरी सात दिन थपियो

१५ मंसिर २०६९, शुक्रबार ०७:४५ मा प्रकाशित

काठमाडौं, १४ मंसिर । राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार निर्माणका लागि फेरि सात दिन समय थपेका छन् । उनले प्रमुख चार दलका शीर्ष नेताहरुको आग्रहमा सात दिन म्याद थप गरेका हुन् । यसअघि उनले सहमतीय सरकार निर्माणका लागि दिएको समय आज सकिएको थियो । आज साँझ शितल निवासमा भएको छलफलमा नेताहरुले फेरि समय थप्नुको विकल्प नरहेको भन्दै त्यसका लागि आग्रह गरेका थिए ।

सहमतीय सरकार निर्माणका लागि दिएको सात दिनको समय सीमा सकिएपछि अब के गर्ने बारे छलफल गर्न राष्ट्रपति यादवल प्रमुख दलका नेताहरु शितल निवासमा डाकेका थिए । ६ बजे शितल निवास पुगेका मधेसी मोर्चा सहित प्रमुख तीन दलका शीर्ष नेताहरु सवा ८ पछि बाहिरिए ।
सामुहिक छलफलबाट सहमतीय सरकार निर्माणका लागि म्याद थप्ने सहमति भएको एमाले अध्यक्ष झलनाथ खनालले बताए । ‘निर्धारित सात दिनको समय भित्र सहमति हुन सकेन’ खनालले भने, ‘फेरि सहमतिका लागि म्याद थप्न राष्ट्रपतिज्यूलाई आग्रह गरियो ।’
सात दिनको अवधिमा दलहरुबीच सरकार निर्माणका विषयमा कुनै सहमति जुट्न सकेको छैन । ‘अब थपिएको समयसीमा भित्र हामी सहमति गर्ने छौं,’ खनालले थपे ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाबाट राजेन्द्र महतो सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सप्तरी।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी-१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताकाे टिममा

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको लाजिम्पाटस्थित पुरानो घर बेचेको भनेर केही सञ्चारमाध्यममा खबर आएपछि सचिवालयले स्पष्टीकरण

काठमाडौं ।पूर्वपञ्चहरूको पार्टी राप्रपा अहिले महाधिवेशनमा लागेको छ । एकताको महाधिवेशन बुधबारबाट सुरु भएको छ । आज पार्टीको विधान पारित

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार