अमेरिकी दूतावासको सहयोगमा यौनआक्रमणका पीडितबारे गोष्ठी

१४ मंसिर २०६९, बिहीबार २१:१९ मा प्रकाशित

काठमाडौं, १४ मंसिर । नेपालस्थित अमेरिकन राजदूतावासको आयोजनामा बिहिबार प्रहरी प्रधान कार्यालयमा बलात्कार तथा यौनजन्य आक्रमणका पीडितलाई सम्बोधन गर्ने सम्बन्धमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा अमेरिकन राजदुताबासकी इम्मा कोनडेन, सोनिया लाउल र शशि लिम्बुले यौनजन्य आक्रमणका वास्तविकता, वलात्कारबारे भ्रम र तथ्य, यौनजन्य आक्रमणको असर, स्वाथ्यमा हुने जोखिम, यौन सम्बन्धी समस्या तथा डर, डिप्रेसन, आत्महत्याको सम्भावना, आत्म दोषारोपण तथा सरम, जीवनसाथी परिवार तथा मिल्ने साथीहरुमा पर्ने असरबारे जानकारी दिनुको साथै कानुनी कारबाही तथा यौनजन्य आक्रमणका पीडितलाई कसरी सहयोग गर्ने सम्बन्धमा विस्तृत रुपमा चर्चा गर्नुभएको थियो ।
प्रहरी वरिष्ठ उपरीक्षक डा. आशा सिंहले धन्यबाद ज्ञापन गर्नुभएको सो गोष्ठीमा नेपाल प्रहरीले गर्ने कानुनी कारबाही तथा नेपालमा भएका बलात्कारिक समस्याको समाधानका उपायका विषयमा छलफल समेत भएको थियो । उक्त अवसरमा नेपाल प्रहरीमा कार्यरत महिला प्रहरी कर्मचारीहरुले आफू कार्यरत रहेको स्थानमा आइपर्ने समस्याका बारेमा जानकारी गराएका थिए ।
गोष्ठीमा प्रहरी नायव महानिरीक्षक बिमला थापा लगायत विभिन्न प्रहरी इकाईहरुमा कार्यरत महिला प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भइ कार्यरत १६१३ कर्मचारीको एकैपटक सरुवा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निमाणमा उल्लेखनीय सफलता हासिल गरेको छ । एकातर्फ परम्परागत मौलिक शैलीमा निर्माण सामग्रीका प्रयोग गरेर बनाइएका