सहमति कार्यान्वयन नभएपछि त्रिवि कर्मचारी संघ आन्दोलनमा

१४ मंसिर २०६९, बिहीबार २१:०९ मा प्रकाशित

काठमाडौं, १४ मंसीर । त्रिभूवन विश्वविद्यालय कर्मचारी संघले पूर्व सहमति कार्यान्वयन नभएको भन्दै आजबाट १० दिने चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघलगायत अन्य वर्गिय संगठन र पदाधिकारीबीच पटकपटक समस्या समाधान गर्न वार्ता भए पनि कार्यान्वयन नभएको भन्दै संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो । संघले मंसीर १४ गते ११.३० मा त्रि.वि.केन्द्रीय कार्यालय कीर्तिपुरमा विरोध सभा गर्ने, १७ गते विहान ११.३० मा ईन्जिनियर क्याम्पस पुल्चोकमा विरोधसभा गर्ने, २१ गते १२.३० बजे शिक्षण अस्पताल महाराजगन्जमा विरोध सभा गर्ने र २२ गते केन्द्रिय कार्यालय कीर्तिपुरमा विरोधसभा तथा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जस्ता संघर्षको कार्यक्रम सार्वजनिक गरेको छ ।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुवेर के.सी.ले त्रिभूवन विश्वविद्यालय अन्तर्गत रहेका क्याम्पस, कार्यालय, शिक्षण अस्पता र अनुसन्धान केन्द्रमा करार, ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई अवकाश गरिएकोमा आपत्ति जनाउँदै तत्काल पुनर्वहाली गर्न माग गरे भने महासचिव अचल शाक्यले अवकाश गरिएका कर्मचारीहरुलाई तत्काल पुनर्वहाली नगरिए आन्दोलनको आँधिवेरी ल्याएर हाम्रो माग पूरा गरेरै छाड्ने चेतावनी दिए । उनले त्रिभुवन विश्वविद्यालयलाई धरासायी बनाउँने काम विश्वविद्यालय प्रशासनको लापर्वाहीले गर्दा भएको आरोप लगाउँदै विगत १३ वर्षदेखि हालसम्म खुल्ला विज्ञापन नगरी मनोमानी ढंगबाट कर्मचारी नियुक्ति गर्नाले त्रिविको समस्या जटिल बनेको ठोकुवा गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार