प्रधानमन्त्रीका लागि शितल निवासमा उमेदवारी प्रस्ताव दर्ता

१४ मंसिर २०६९, बिहीबार १७:०० मा प्रकाशित

काठमाडौं, १४ मंसिर । लोककल्याणकारी जनता पार्टी नेपालका अध्यक्ष किशोरी महतोले आफूलाई साना १८ दलको समर्थन रहेको भन्दै राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री बन्न उमेदवारी प्रस्ताव दर्ता गराएका छन् । महतोलाई प्रधानमन्त्रीमा राष्ट्रवादी युवा मोर्चाका श्यामकुमार थापाले समर्थन र लिग नेपाल शान्ति एकता पार्टीका जयवहादुर खत्रीले प्रस्ताव गरेका छन् ।
राष्ट्रपति कार्यालयमा दलवल सहित पुगेका महतोले समय सीमा भित्र अरु प्रस्ताव नपरे आफूलाई निर्विरोध प्रधानमन्त्रीमा चुनिएको घोषणा गर्नु पर्ने माग गरेका छन् । साना १८ दलका प्रतिनिधि सहित शितल निवास पुगेपनि सुरक्षाकर्मीले महतोलाई मात्रै कार्यालय भित्र प्रवेश गराएको थियो ।
आफूहरुलाई प्रस्ताव दर्ता गर्न भित्र प्रवशे गर्न नदिएको भन्दै प्रस्ताव, समर्थक लगायतले राष्ट्रपति कार्यालय बाहिर नारावाजी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको थप ७ लाख २५ हजार डोज खोप ल्याइएको छ । कोभ्याक्स संयन्त्रमार्फत नेपालले प्राप्त गर्ने ६०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ५६ जिल्लाका सभापतिहरूको

काठमाडौं । केपी शर्मा ओलीको सरकार हुँदा यती समूहको कब्जामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय शेरबहादुर देउवाको शासनकालमा

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना