आज निकास आउन सक्छः प्रचण्ड

१४ मंसिर २०६९, बिहीबार १६:५४ मा प्रकाशित

काठमाडौ, १४ मंसिर । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले केहीबेरमा बस्ने चारदलको बैठकले राजनीतिक निकास निकाल्न सक्ने बताएका छन् । बिहीबार नेपाल राष्ट्रिय निजामती कर्मचारी संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
बिहीबार साँझ राष्ट्रपति रामवरण यादवले बोलाएर प्रमुख दलको बैठक शीतल निवासमा बस्दैछ । दाहालले भने, ‘राजनीतिक निकासका लागि हामी बैठक बस्दैछौं ।’
राष्ट्रपति यादवले सहमतीय सरकारका लागि दलहरुबीचको सहमतिबाट प्रधानमन्त्रीको नाम माग्दै सातदिने आह्वान गरेको समयसीमा आज सकिएको छ । राष्ट्रपतिले दिएकोसमय सकिंदा पनि दलहरुले सहमति जुटाउन नसकेपछि फेरि समय थप्न दलहरुले आग्रह गर्न लागेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

तेह्रथुम । माओवादी केन्द्रले तेह्रथुमको ४३ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । गत ४ मंसिरबाट सुरु गरेको केन्द्रले

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

आजको प्रमुख समाचार