आदिवासी जनजाति महासंघ युकेको विधान पारित

११ चैत्र २०६८, शनिबार ०५:५१ मा प्रकाशित

धन घले, लन्डन,१० चैत । नेपाल आदिवासी जनजाति महासंघ युकेको विधानलाई अन्तिम रुप दिन र पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने विषयमा छलफल गर्न तदर्थ समितिका अध्यक्ष श्री थर्क रानाको अध्यक्षतामा अल्डरसटस्थति भेटघाट रेष्टरेण्टमा सम्पन्न भयो। भेलामा मगर संघ युके तमू…. किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, सुनुवार सेवा समाज युके, शेर्पा…., तामाङ धेदूङ युके �का प्रतिनिधिहरुको उपस्थिति थियो। विधानमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को अनुसूची भित्र पर्ने जात-जातिहरुलाई मात्र महासंघ युकेको सदस्यता प्रदान गरिने व्ययस्था गरिएको छ। अनुसूचि भित्र सूचिकरणमा नपरेका तर आदिवासी जनजाति हौं भनेर घोषणा गरी नेपाल आदिवासी जनजाति महासंघ युकेको सदस्य संगठनको लागि लिखित निवेदन परेमा महासंघको विधिवत निर्माण पछाडी छलफल गरी त्यसको टुंगो लगाउन सकिने विधान मसौदा समितिका संयोजक चण्डिकाराज राईले जानकारी गराउनु भयो। महासंघको राष्ट्रिय महाधिवेशन, संघीय परिषद, केन्द्रीय कार्य समिति, केन्द्रीय कार्यालय सचिवालय, प्रमुख अंगका रुपमा रहने व्यवस्था छ। साथै केन्द्रीय कार्य समितिले महासंघको कामलाई सुव्यवस्थित ढंगले संचालन गर्न नियमावली बनाइ सल्लाहकार अर्थिक महिला प्रचार-प्रसार अन्तर जातीय समन्य विदेश ब्रिटिशगोर्खाजस्ता विभागीय समितिहरुको व्यवस्था गर्ने सक्नेछ। विधान अनुसार महासंघको राष्ट्रिय महाधिवेशन हरेक तीन वर्ष तथा संघीय परिषदको बैठक वर्षमा एकपटक बस्नेछ। हरेक सदस्य संगठनले पाँचजना प्रतिनिधि महाधिवेशनमा पठाउने तर केन्द्रीय कार्य समितिको उम्मेद्धार हुनुलाई सम्बन्धित संस्थाबाट सिफरिस भएको हुनु पर्नेछ। हरेक सदस्य संगठनबाट एकएक निर्वाचित र नपुग मनोनयन गरी २१ सदस्यीय केन्द्रीय कार्य समितिको गठन गरिनेछ। यसको अतिरिक्त हरेक सदस्य संगठनहरुले थप ३ जना सदस्यहरु मनोनयन गरी संघीय परिषदमा पठाउनु पर्नेछ। केन्द्रीय कार्य समिति तथा संघीय परिषद दुवै सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ।बैठकले महासंघको पहिलो राष्ट्रिय महाधिवेशन आगामी २६ मे का दिन आसफोर्ड केन्टमा सम्पन्न गर्ने निर्णय समेत गर्यो। महाधिवेशनको आयोजक महासंघ स्वयम् र सहयोजकमा किरात याक्थुङ चुम्लुङ युके हुनेछ। बैठकले केन्द्रीय कार्य समितिको उम्मेद्धारी शुल्क अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्यको क्रमश २५०, २००, १५०, १००, ५० र २० पाउण्ड निर्धारण समेत गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न