कांग्रेसको नेतृत्वमा बनेको सरकारले मात्रै निष्पक्ष निर्वाचन गर्नसक्छः पौडेल

१४ मंसिर २०६९, बिहीबार १६:१९ मा प्रकाशित

तनहुँ, १४ मंसिर । कांग्रेस नेता रामचन्द्र पौडेलले कांग्रेस नेतृत्वमा सरकार बने मात्रै आगामी वैशाखमा संविधानसभाको निर्वाचन हुन सक्ने बताएका छन् । उनले अन्य दलका नेतृत्वमा बनेको सरकार गराउने निर्वाचन धाधली पूर्ण हुने बताए ।
नेपाल दलित संघको चौंथो जिल्ला अधिवेशनको आज तनहुनमा  उद्घाटन गर्दै पौडेलले विगतका चुनावहरु निष्पक्ष सम्पन्न गरेको अनुभव कांग्रेससँग रहेको बताए ।
‘विगतमा निष्पक्ष, धाँधली रहित र न्यायपूर्ण चुनाव गराएको अनुभव कांग्रेससँग मात्रै छ,’ उनले भने, ‘कांग्रेस आफू हारेर पनि अरुलाई जिताउने पार्टी भएकोले कांग्रेसको नेतृत्वको सरकारलाई  सबैले सहमति गर्नु पर्छ  ।’
यतिबेला माओवादीले कांग्रेसलाई निषेध गर्ने नीति लिन नहुने र माओवादीको त्यस्तो व्यवहारले उ मुलुकलाई निकास दिन चाहँदैन भन्ने कुरा प्रष्ट भएको पौडेलले बताए । उनले माओवादीले पटक–पटक आफूले दिएको वचन पूरा नगर्ने पार्टी भएको उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

बागमती । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री

आजको प्रमुख समाचार