लुम्बिनीका उद्योगले पर्यावरणमा नकरात्मक असर

१४ मंसिर २०६९, बिहीबार १६:०७ मा प्रकाशित

चन्द्रकान्त खनाल / रुपन्देही, १४ मंसिर । विश्व सम्पदा सूचीकृत लुम्बिनी वरिपरि संचालित औद्योगिक प्रदूषण अझै नियन्त्रण नहुँदा पर्यावरणमा नकरात्मक असर पुगेको छ । लुम्बिनी वरिपरि १५ किलोमिटर चौतर्फी रुपमा कुनै प्रकारको प्रदूषण युक्त उद्योगहरु लगाउन नपाउने युनेस्को जापान र नेपाल सरकार बीच दुई पक्षीय समझौता विपरित निर्माण भएका गोन्यका सिमेन्ट,रिलायन्स पेपरमील अम्बुजा,जगदम्बा सिद्धार्थसीमेन्ट लगायत कम्हरिया गाबिसमा निर्माण भएको ३३ वटा फेक्ट्रीहरु बाट निस्की रहेको धुवाँ,धुलोका कारण वातारण प्रतिकुल प्रत्यक्ष असर पुगेको हो । 
रिलायन्स पेपरमीलले अप्रशोद्धित केमिकलयुक्त पानी रातारात दानव नदीमा खसालेको कारण मर्चवार लिपm्ट सिचाई योजना मार्फत झण्डै दशहजार हेकटर जग्गामा पानी पुग्दा बालीनाली पहेलो हुने टुसा नपाउने जस्ता रोग देखा परेको कृषि प्रविधीक गुड्डु मिश्राले बताए ।
त्यस्तै उद्योगहरु बाट निस्केको धुलो धुवाँ तथा ध्वनी प्रदूषणले गर्दा स्कुले बालबालिकाहरु कान,मुख छोपेर विद्यालय आउन बाध्य भएको हाजी एनायतुल्लाह उच्च मा।वि।सेमरहनाका प्रअ अब्दुल सलीम मुसलमानको भनाई छ ।
त्यति मात्र नभई औद्योगिक प्रदुषणले गर्दा खाना पकाउदा पनि सिमेन्टको धूलो मिसिने गरेको भैरहवाकि स्थानिय गृहणी सीता खनालको भनाई छ ।
त्यसै गरी औद्योगिक प्रदुषणले गर्दा दानव नदी स्थित रहेको माछा,भ्यागुतो तथा दुर्लभ पंक्षी सारसको जीवन चक्र खतरामा परेको लुम्बिनी सारस आरक्षण केन्द«का पूर्व सहजकर्ता एवं पत्रकार प्रहलद यादवले भनाई छ । सो सम्बन्धमा लुम्बिनी ईस्चिुसन टेक्नेलोजीका प्रति भिक्षु सागर धम्माले संस्था मार्फत भारतको पूना बाट ल्याईएको प्रविधीक यन्त्र औद्योगिक क्षेत्रमा जडान गरेपछि तीन महिनामा आएको रिर्पोटले धुवा धुलोका कण, अमोनियम ग्याँस वातावरणमा मिश्रण भई मानव तथा पशुपंक्षीको प्रत्यक्ष प्रभाव परेको सम्बन्धित क्षेत्रका बिज्ञहरुले बताएका छन ।
आईयुसिएन संस्थाले गतबर्षको जुलाई महिनामा एकसाता सम्म अध्यन गरि औद्योगिक प्रदुषण प्रतिबेदन सार्बजनिक गर्ने प्रतिनिधी दीपक पौडेलले बताए छ । रिलायन्स पेपरमिलको कालोपानीले दानव नदी भित्र रहेको माछा, भ्यागुतो लगायत जलचरहरु फोक्सो फूलेर मर्ने तथा गाईभैसीहरुमा छाला सम्बन्धी रोग देखा परेको लुम्बिनी पशु स्वास्थ्य सेवा केन्द्र प्रमुख भगेलु प्रसाद चौधरीले बताए ।
त्यसैगरि कम्हरिया गाबिसमा औद्योगिक प्रदुषणले गर्दा आखा पाक्ने,श्वाशप्रश्वाश सम्बन्धी क्षयरोगका बिरामी बढी फेला परेको लुम्बिनी हेल्थ सेन्टरका अहेव शंकर प्रसाद गौतमले बताए । त्यतिमात्र नभई गोनहा गाबिसको रमवापुर स्थित शिव ज्योति लिङ्ग श्री प्रकटेश्वर नाथ मन्दिरमा बर्षेनी लाग्दै आएको एक महिने श्रावणी बोलबम मेलामा भक्तजनहरु सो नदीको फोहोर पानी जलार्अपण गर्न नसकी कपिलबस्तुको बाणगंगा, तथा नवलपरासी त्रिबेणीघाट सम्म टाढा पैदल यात्रा गर्न बाध्य हुनुका साथै कार्तिक पूर्णिमा र माघ महिनाको मकर नुहाउने मेलामा भक्तहरु नुहाउन नपाउदा धर्म संस्कृतिमा समेत औद्योगिक असर पारेको सो मन्दिरका पुजारी गंगा प्रसाद त्रिपाठीले को भनाई छ । यद्यपि दानवनदीमा पेपरमीलको फोहोर नखसाल्न जिल्ला प्रशाषन, मर्चवार लिफट सिचाई तथा मील मालिक बीच पटक पटक समझौता हुदाहुदै पनि कार्यन्वयन हुन नसकेको सो सिचाई आयोजनाका ब्यवस्थापक बिश्वनाथ आर्यको दुखेसो छ ।
लुम्बिनी जाने ब्यस्त सडकमा सिमेन्ट फैक्ट्रीको कच्चा पदार्थ बोकेर ल्याएको भारतीय ट्रकहरु बाटो छेकेर लामबद्ध उभिएको कारण पर्यटकको सवारी साधन लुम्बिनी आउन घण्टौ कुर्नु परेको हुदा बैकल्पिक मार्ग आमा गाबिसको कालीदह बन्द नाका दुबै देशको सहमतीमा पर्यटकको लागि खोल्नु पर्ने लुम्बिनी पर्यटन ब्यवसायी संघका अध्यक्ष नरेन्द्र मिश्रले बताए ।
तर लुम्बिनी बिकास कोषका प्रशाषकीय अधिकृत खग्रेन्द्र काफलेले बिश्वस्वास्थ्य संगठनको अध्यनले लुम्बिनी क्षेत्र नभई भैरहवाका आसपास क्षेत्रमा मात्रै औद्योगिक प्रदुषण रहेको हुदा सो क्षेत्रमा पनि अब नया उद्योग दर्ता हुन नपाउने नीति पारित भएको दाबी गर्नुभएको छ । सिद्धार्थनगर उद्योग बाणिज्य संघका महासचिव कुलप्रसाद न्यौपानेले बेरोजगारी अवस्थामा रोजगारी सर्जना गरिहेका उद्योगहरु अन्य ठाँउ सार्न सरकारले भौतिक पूर्बाधार जग्गा उपलब्ध गराउनुका साथै लगानी तिर्नु पर्ने तर्क अघिसार्नु भएको छ भने कोषका पूर्बकानूनी सल्लाहकार प्राध्यापक डा।गितु गिरीले संस्कृतीमन्त्रालयको बुद्धजन्म स्थल वरिपरि उद्योग स्थापना नगर्ने र उद्योग मन्त्रालयले गर्ने अस्पष्ट निती लिएको हुदा यो समस्या भएको हुदा कुन ठाँउमा के गर्ने कानून संशोद्धन गरि स्पष्ट नीति हुनु पर्ने सुझाव समेत दिनु भएको छ ।
तर, कोरियन कोईका कम्पनीले लुम्बिनी वरिपरि ११ वटा गाबिसमा कुटिल उद्योग , कृषि, बृक्षारोपण , ध्यानक्षेत्र छुट्टयाउन नेपालसरकार सँग सम्झौता गरि दुईबर्षे गुरुयोजना तयार पार्न गृहकार्य थालनी गरि सकेको कोषले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

इलाम।नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो