राष्ट्रपतिको कदम सहीछः गणतान्त्रिक फोरम

१४ मंसिर २०६९, बिहीबार १५:५३ मा प्रकाशित

काठमाडौं, १४ मंसिर । सत्तारुढ मधेसी जनअधिकार फोरम गणतान्त्रिकका उपाध्यक्ष सीताराम अग्रवालले राष्ट्रपति डा.रामवरण यादवले सहमतीय सरकारका लागि चालेको कदमको स्वागत गरेका छन् ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर अग्रवालले राष्ट्रपतिको कदमलाई मुलुक बचाउन गरिएको अग्रसरताको संज्ञा दिए । उनले भने, ‘अध्यक्ष राजकिशोर यादवले राष्ट्रपति विरुद्ध दिएको सार्वजनिक धारणा पार्टीको आधिकारिक होइन ।’
उनले पार्टीको केन्द्रीय समितिको बैठक अहिलेसम्म बस्न नसकेकाले अध्यक्ष यादवलाई जथाभावी बोल्न अधिकार नरहेको बताए ।
सूचना तथा सञ्चारमन्त्री समेत रहेका अध्यक्ष यादवले राष्ट्रपतिले चालेको कदमको विरोध गर्दै आएका छन् । उनकै पार्टीका उपाध्यक्ष अग्रवालले भने राष्ट्रपति कदमको समर्थन गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

काठमाडौं।राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

आजको प्रमुख समाचार