शीर्ष दलका नेताहरुदलाई शीतल निवासको निम्तो

१४ मंसिर २०६९, बिहीबार १५:५० मा प्रकाशित

काठमाडौ, १४ मंसिर । राष्ट्रपति शीर्ष दलका नेताहरुलाई आज साँझ ६ बजे प्रमुख छलफलका लागि बोलाएका छन् । प्रमुख दलहरुको छलफलपछि आजै अर्को समय सीमा तोकिने राष्ट्रपतिको सचिवालयले जनाएको छ । सहमतिको समय सकिएपनि बहुमतिय आह्वान गर्ने वा अन्य प्रक्रियाका विषयमा भने कुनै कदम नचाल्ने राष्ट्रपतिका सल्लाहाकारहरुले बताएका छन् ।
अन्तरिम संविधानको धारा ३८ को १ अनुसार सहमतीय प्रधानमन्त्रीको नाम सिफारिस गर्न दलहरुलाई आह्वान गर्नुभएको म्याद आज बेलुका ४ बजे सनकेछ ।  राष्ट्रपतिका प्रेस सल्लाहाकार राजेन्द्र दाहालले सहमतिय सरकार गठन वाहेकको अरु विकल्पमा कदम नचाल्ने बताउनुभयो ।
राष्ट्रपति डाक्टर रामवरण यादवले दिएको समयभित्र सहमति हुन नसकेपछि आजै प्रमुख विपक्षी दलहरु आज समय थप्न राष्ट्रपति समक्ष औपचारीक आग्रह गर्ने भएका छन् । हिजो बसेको संयुक्त बैठकले सहमतिका लागि अझै केही दिन समय थप्न औपचारिक आग्रह गर्ने गरेको थियो । प्रमुख दलहरुबीच राष्ट्रपतिको कदम संवैधानिक कि असंवैधानिक भन्ने विवादले सहमति हुन नसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रदेश १ को सभापति पदका प्रत्याशी बन्ने भएका छन् । कांग्रेसको संस्थापन

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

आजको प्रमुख समाचार