फेरी बढ्यो रासायनिक मल अभाव

१४ मंसिर २०६९, बिहीबार ०८:२१ मा प्रकाशित

 काठमाडौ, १४ मंसिर । धान रोप्ने समयमा मल नपाएर सास्ती भोगेका किसानले हिउँदे वालीका लागि पनि मल नपाउने भएका छन् । मल नपाउने देखेर उनीहरुले अहिले नै खरिद गरी सञ्चित गरेर राख्न थालेका छन् ।
गहुँ र तोरी खेती लगाउने बेला भएकाले किसानले समयमै मल सञ्चित गर्न थालेका हुन् । कृषि सामग्री कम्पनीले भने हिउँदमा लगाउने खेतीबालीका लागि मलको अभाव नहुने भएकाले ढुक्क हुन किसानलाई आग्रह गरेको छ । कम्पनीमा युरिया मल प्रशस्त भएको र डीएपी मल पनि आयात भईरहेकाले हिउँदे खेतीका लागि मल अभाव नहुने कम्पनीका प्रबन्धक नारायण मरासिनीले बताए ।
गहुँ खेतीका लागि भारतबाट ५ हजार टन डीएपी मल आईसकेको छ । अरु बाँकी ३५ हजार टन मल पनि आउने क्रममा रहेकाले हिउँदमा मलको अभाव नहुने उहाँको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा