देउसी–भैलोको रकमले सुविधासम्पन्न एम्बुलेन्स

१४ मंसिर २०६९, बिहीबार ०७:४९ मा प्रकाशित

लमजुङ, १४ मंसिर । तिहारको अवसर पारेर लमजुङ सदरमुकाम बेसीसहरको लमजुङ मस्र्याङ्दी युवा क्लबले आयोजना गरेको देउसी–भैलो कार्यक्रमबाट सङ्कलन भएको नौ लाख ४४ हजार सात सय ६८ रुपैयाँले सुविधासम्पन्न एम्बुलेन्स खरिद गरिने भएको छ । देउसी–भैलो कार्यक्रममा राइजिङ कन्सल्टेन्सी एन्ड सेक्युरिटी सेन्टरका प्रोपाइटर सनराइज अधिकारी र सम्मान अधिकारीले सबैभन्दा बढी ५० हजार रुपैयाँ सहयोग गरेका थिए भने बेसीसहर झिङ्गेखोलाका बलबहादुर श्रेष्ठले ३५ हजार पाँच सय ५५, जयलक्ष्मी सुनचाँदी पसलका प्रोपाइटर बमबहादुर विश्वकर्माले नगद ३५ हजार पाँच सय ५५, बेसीसहरनिवासी भेटघाट रेस्टुरेन्टका प्रोपाइटर धर्मराज श्रेष्ठले २६ हजार पाँच सय रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
यसैगरी २०–२५ हजार सहयोग प्रदान गर्नेमा बेसीसहरका धर्मनारायण श्रेष्ठ, मेगलाल श्रेष्ठ, न्यू फेसन टेलर्सका प्रोपाइटर गोपाल परियार, लमजुङ मस्र्याङ्दी युवा क्लबका संस्थापक अध्यक्ष भद्रबहादुर खवास, राजकुमार श्रेष्ठ, ज्योति पिया र बेसीसहरकै रामकृष्ण श्रेष्ठ रहेका छन् । यस्तै क्लबलाई १० हजारभन्दा माथि सहयोग गर्नेहरू ३६ जना रहेको र क्लबलाई सहयोग गर्ने क्रम जारी रहेको क्लबले जनाएको छ ।
लमजुङमा देउसी–भैलोका नाममा अनेक विकृति–विसङ्गति बढिरहेको बेला लमजुङ मस्र्याङ्दी युवा क्लबले भने एम्बुलेन्स खरिद गर्ने उद्देश्यका साथ देउसी–भैलो अभियान सञ्चालन गरेको थियो । एम्बुलेन्स खरिद तथा प्रक्रियाको थालनीका लागि क्लबका प्रथम उपाध्यक्ष इन्जिनियर कमल श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ । उपसमितिको सदस्यहरूमा प्रवीणकुमार कायस्थ, विमल श्रेष्ठ, गोपाल परियार, प्रेमकुमार श्रेष्ठ, कृष्णकुमार प्रधान र अफजल मियाँ रहेका छन् । समितिले एम्बुलेन्सको खरिद प्रक्रिया तथा आवश्यक कागजात जुटाउने कार्य छिट्टै थाल्ने क्लबका अध्यक्ष सुरेश प्रधानले जानकारी दिए ।
– छविलाल बगाले

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

बागमती । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२

आजको प्रमुख समाचार