लागू पदार्थ कारोबारमा जनतातिको बढ्ता संलग्नता किन ?

१४ मंसिर २०६९, बिहीबार ०७:३७ मा प्रकाशित

काठमाडौं, १४ मंसिर । नेपालमा विगत दुई दशकको अवधिमा करिब दुई हजार व्यक्ति प्रतिबन्धित लागूऔषधको कारोबारमा संलग्न भएको पाइएको छ । नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा बद्नाम गराउने मुख्य कारण बनेको लागूपदार्थका कारोबारीहरूमध्ये केही फरार रहेका छन् भने ०५० साल असार २४ गतेदेखि गत भदौ मसान्तसम्ममा १८८० (१ हजार आठ सय असी) जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरी सफल भएको छ । लागूपदार्थको कारोबारमा वृद्धि भएकोले हो या प्रहरी सक्रियता बढेकोले हो ०६६ सालयता लागूपदार्थका कारोबारीको पक्राउ सङ्ख्या बढेको छ । नेपालमा गाँजा, चरेस, हेरोइन, डाइजेपान, एम्पल र बुफेनफिनजस्ता लागूपदार्थको कारोबार सबभन्दा बढी हुने गरेको छ । हालसम्म सबैभन्दा ठूलो परिमाणमा सेतो हेरोइन २१६ केजीसहित जर्मन नागरिक जौमन थोमस र फ्लास्च्का वाल्टर ह्याम सन् १९९२ अक्टोबर १८ मा पक्राउ परेका थिए भने मिति ०६९ जेठ २७ गते २६४० केजी चरेससहित हस्तबहादुर रुम्बा, तीर्थबहादुर राई, वीरे लामा, चन्द्रबहादुर गोले र कुमार लामा प्रहरीको फन्दामा परेका थिए । ०५४ असोज ४ गते सेतो हिरोइन २०३ केजीसहित कृष्ण महर्जन नामक व्यक्ति पक्राउ परेको घटनालाई पनि लागूपदार्थका कारोबारीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन भएको प्रयासमा सबभन्दा ठूलामध्येको एक मानिन्छ । दुई दशक तीन सय चौंतीस (३३४) ब्राह्मण–क्षेत्री समुदायका मानिसले यस अभियोगमा पक्राउ परी कारबाही भोगेको देखिन्छ भने जनजातीय समुदायका नौ सय एक्काइस (९२१) र मधेसी समुदायका दुई सय सत्तरी (२७०) जनाले सजाय भोगेको प्रहरीको तथ्याङ्कले देखाएको छ । त्यस्तै, एक सय त्रियानब्बे (१९३) नेवार, चौरानब्बे जना (९४) मुसलमान र तीस (३०) दलित समुदायका मानिस कानुनी कारबाहीको दायरामा परेको पनि तथ्याङ्कले स्पष्ट गरेको छ । ब्राह्मण र क्षेत्री समुदायका बराबरी अर्थात् १६७ जना यस प्रकारको अपराधमा संलग्न रहेको देखिन्छ भने जनजातीय समुदायमा तामाङ र लामाहरूको सङ्ख्या सबभन्दा बढी तीन सय त्रिचालीस (३४३) छ । त्यस्तै उनासी (७९) मगरहरू, पचहत्तर लिम्बू, राई, थकाली र शेर्पाहरूको सङ्ख्या रहेको छ । जनजातीय समुदायका लिम्बू र राईको जनसङ्ख्याको तुलनामा धेरै कम मात्र मानिस यस किसिमको अपराधमा संलग्न रहने गरेको पाइएको छ भने यस्ता कार्यमा सबभन्दा कम दलितहरूको सहभागिता रहेको तथ्याङ्कले देखाएको छ । बीस वर्षमा कुल तीसजना मात्र दलित कारबाहीको दायरामा आउनुले पनि लागूपदार्थको कारोबारमा दलितहरूको संलग्नता कम भएको पुष्टि गरेको छ । राई तथा लिम्बू समुदायका मानिस अत्यन्त न्यून सङ्ख्यामा देखिनुलाई ती जातिहरूमा चेतनास्तर माथिल्लो तहको रहेको मान्न सकिन्छ । तर, तामाङहरूको संलग्नता यति ठूलो मात्रामा हुनुले त्यस समुदायमा चेतनामूलक कार्यक्रमको अभाव रहेको देखाएको छ । देशको सबभन्दा ठूलो जनसङ्ख्या रहेका क्षेत्री र ब्राह्मण समुदायका कुल तीन सय चौंतीसजना लागूपदार्थको कारोबारमा संलग्न रहँदा लामा–तामाङहरू मात्र तीन सय त्रिचालीस (३४३) को सङ्ख्यामा हुँदा यसले एकप्रकारको खतराको सङ्केत दिएको छ । लागूपदार्थले पार्ने असर तथा कारोबारमा संलग्न रहँदा देश–विदेशमा के–कस्ता कानुनी सजाय भोग्नुपर्छ भन्ने विषयमा राज्यले चेतनामूलक कार्यक्रम सञ्चालन गर्न अत्यावश्यक देखिएको छ । तर, अपेक्षाकृत चेतनशील भनिएका ब्राह्मण, क्षत्री र नेवार समुदायका मानिसको समेत यसप्रकारको धन्दामा उल्लेख्य संलग्नता रहनुले चेतनाका कमीले मात्र यस्तो अपराध बढेको मान्न भने सकिँदैन । चाँडै र सजिलैसँग धन कमाउने इच्छाबाट पे्ररित भएर पनि मानिस लागूपदार्थको कारोबारमा संलग्न भएको कतिपय तथ्यहरूले पुष्टि गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

जनकपुरधाम।नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट