नर्थ वेष्ट कलेज लण्डनमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा आत्महत्या

११ चैत्र २०६८, शनिबार ०५:४५ मा प्रकाशित

धर्मराज अधिकारी, लन्डन,१० चैत । नर्थ वेष्ट कलेज रेडिङमा बिजनेस म्यानेजमेन्ट अध्ययनरत सुवाश भण्डारीले आत्महत्या गरेका छन् । बेलायतको नर्थ ह्याम्टनमा बसोबास गर्ने भण्डारी मंगलबार बिहान काममा जार्दै गर्दा बाटोमा पर्ने नर्थह्याम्टन पार्कको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन्। श्रीमतीको ओड्नेमा झुन्डिएर आत्महत्या गरेको साथी बुद्धिबहादुर तामाङले बताए।
नेपालमा रहँदा नै डिप्रेसनको औषधि खादै आएका भण्डारीले डाक्टरको सल्लाहअनुसार एक हप्तादेखि औषधि खान छोडेको तामाङले जानकारी दिए । मंगलबार बिहान २ बजे घरबाट काममा जान भनेर निस्केका भण्डारीले आत्महत्या गरेको ६ घण्टापछि परिवारले थाहा पाएका थिए । श्रीमतीले ओड्ने सलको प्रयोग गरेर भण्डारीले आत्महत्या गरेको तामाङले बताए । उनको अन्तिम संस्कार बेलायतमा नै गर्ने तयारी भइरहेको छ, कलेज प्रशासनले पनि सहयोग गर्ने आश्वासन दिएको छ तामाङले जानकारी दिए।

लेटाङ- २ मोरङ घर भएका भण्डारी भण्डारी दुई वर्ष अघि श्रीमती रमिता पौडेलसहित बेलायत आएका थिए।

बेलायतको कडा अध्यागमन नियम, कलेज प्रसाशनले शुल्कका लागि दिने दवाब, बेरोजगारीका कारण बेलायत आए विद्यार्थी डिप्रेसनमा पर्दै आएका छन् ।गत वर्ष अध्ययनका लागि आएकी छात्रा लक्ष्मी लामाले डिप्रेसनका कारण आत्महत्या गरेकी थिइन्। नागरिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी