स्वास्थ्य सेवा विभागका कर्मचारी पनि आन्दोलनमा

१४ मंसिर २०६९, बिहीबार ०७:१३ मा प्रकाशित

काठमाडौं, १३ मंसिर । स्वास्थ्य सेवा विभाग अन्तर्गतका कर्मचारी आफ्नै सहकर्मी कर्मचारी विरुद्धको आन्दोलनमा उत्रिएका छन् । विभागले आफैले गरेको सरुवा ट्रेड युनियनको दबाबमा रद्द गरेपछि सरुवा बदरमा परेका कर्मचारी विरोधमा उत्रिएका हुन् ।
ट्रेड युनियनले केही ब्यक्तिको मात्रै हित हेरेर आफूहरुलाई मर्कामा पारेको दावी सहित उनीहरुले ट्रेड युनियनका कार्यालयमा तालाबन्दी गरेका छन् । बर्षौदेखि दुर्गम क्षेत्रमा बसिरहेका स्वास्थ्यकर्मीमाथि खेलवाड भएकाले सरुवा लागू गर्न माग गर्दै उनीहरुले विभागमा धर्ना पनि दिएका छन् ।
आफुले भनेका ब्यक्तिहरुको सुगम ठाउमा सरुवा नभएको भन्दै युनियनका पदाधिकारीले सरुवा बदर गराएको सरुवामा परेका कर्मचारीको आरोप छ ।
एक ठाउँमा २ बर्षभन्दा बढि बसेका कर्मचारीलाई सरुवा गर्न पाउने विभागको अधिकारलाई ट्रेड युनियनले दादागिरीको शैलीमा रद्द गराएको र विभाग लाचार भएको कर्मचारीले आरोप लगाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन

आजको प्रमुख समाचार