बेल्जियममा परोपकारी कोषको लागी रकम संकलन

१४ मंसिर २०६९, बिहीबार ०५:१२ मा प्रकाशित

दीपक ज्योति पौडेल, बेल्जियम । बेल्जियम हेल्प नेपाल नेटवर्कको अक्षयकोषमा रु. २२ लाख ५० हजार भन्दा बढी रकम संकलन भएको छ । नेपालीहरुको सबैभन्दा ठूलो परोपकारी संस्था हेल्प नेपाल नेटवर्कद्वारा स्थापना गर्न लागिएको रु. १० करोड राशीको परोपकारी अक्षयकोष सहयोगार्थ तदर्थ समिती बेल्जियमको अग्रसरतामा हुदै गरेको यूरोप स्तरिय कार्यक्रम अन्तर्गत गत सोमवारका दिन बेल्जियममा सम्पन्न पहिलो कार्यक्रममा रु २२ लाख ५० हजार भन्दा बढी रकम संकलन भएको हो ।

परोपकारी अभियानमा बेल्जियमका झण्डै २५० जना नेपालीहरुले सहयोग गरेका थिए । समितीले रकम संचालनको लागी घरदैलो अभियान नै संचालन गरेको थियो । घर दैलो अभियान अन्तर्गत करिव सयौं घर भन्दा बढी नेपालीलाई भेटी सहयोग र अक्षयकोष सम्वन्धमा जानकारी गराएका थिए । करिव ६ हप्ताको छोटो अभियानमा यति धेरै रकम संकलन गरिएको बेल्जियममा यो पहिलो हो । कार्यक्रम बेल्जियमको एउटा प्रमुख शहर लुभेन संगसंगै यहि नोभेम्वर ३० तरिख ब्रुसेल्स र डिसेम्वर १ तारिख अन्त्वेर्पेनमा पुन: आयोजना गरिदै छ । सकभर सबै नेपालीलाई सहभागी बनाउने उद्देश्य संचालित अभियान अन्तर्गत रकम संकलन गरिदै छ । कार्यक्रमा संयोजक बिष्णु तिवारीले यो अभियानलाई भविश्यमा पनि निरन्तरता दिदै जाने प्रतिबद्वता जाहेर गरे ।

नेटवर्कका संस्थापक अध्यक्ष रविन्द्र मिश्रको उपस्थितिमा सम्पन्न कार्यक्रममा तदर्थ समिति बेल्जियमले संकलन गरेको नगद रकम हस्तान्तरण गरेको थियो । कार्यक्रममा आएका मिश्रले परोपकारी अभियानमा समितिको भूमिका र बेल्जियमबासी नेपालीहरुको उदार भावना कदर गर्दै सम्पूर्ण नेपालीहरु आ-आफ्नो ठाँउबाट समृद्व नेपाल निर्माणमा कुनै न कुनै किसिमले योगदान दिनु पर्ने आवश्यकता रहेको औंलाएका थिए ।

हेल्प नेपाल नेटवर्कले नेपाली नेपालीको सहयोगमा नेपालका बिभिन्न ग्रामिण क्षेत्रका चालिस भन्दा बढी स्कुल, चालिस भन्दा बढी पुस्तकालयहरु निर्माण गरिसकेको छ भने कयौं आपतकालिन स्थितिहरुमा कयौं पटक राहत सामाग्री प्रदान गरिसकेको छ । चौधवटा देशमा शाखा भएको नेटवर्कले आफ्ना परोपकारी गतिबिधीलाई अझ सुदृढ र संस्थागत गर्न गत पाँच महिना यता नेपाली नेपालीको सहयोगबाट रु. १० करोडको परोपकारी अक्षयकोष स्थापना गर्ने लक्ष्य लिएको छ । बेल्जियममा संकलित रकम लगायत सो कोषमा अहिले सम्म नब्बे लाख रुपैयाँ भन्दा बढी जम्मा भईसकेको छ ।

परोपकारीकोषको लागी बेल्जियम बाहेक यूरोपका अन्य देशहरु नेदरल्याणमा दुई दिने कार्यक्रम अन्तर्गत हिजो एक कार्यक्रम सम्पन्न भएको छ भने अर्को कार्यक्रम आँज सम्पन्न हुँदैछ । त्यसै गरी फ्रान्समा यहि डिसेम्वर २, लक्जेम्वर्ग डिसेम्वर ३, जर्मन डिसेम्वर ४, पोर्चुगल डिसेम्वर ६ र अन्त्यमा डिसेम्वर ८ मा स्विजरल्याण्डमा सम्पन्न हुँदैछ ।

यो अभियानको थालनी बेल्जियमबासी नेपालीले गत सेप्टेम्वर ९ तरिख सहयोगार्थ तदर्थ समिती गठन गरी यो अभियानको थालनी गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको