सहमतिका लागि समय थप्न राष्ट्रपतिसंग आग्रह गर्ने विपक्षीको निर्णय

१३ मंसिर २०६९, बुधबार १७:३७ मा प्रकाशित

काठमाडौ, १३ मंसिर । राष्ट्रपतिले दिएको समय भित्र सहमतिको सरकार निर्माणमा सहमति हुन नसकेपछि प्रमुख विपक्षी कांग्रेस एमालेबीच केही दिन अझै समय माग्ने समझदारी भएको छ ।
एमाले मुख्यालय बल्खुमा बसेको दुई दलको बैठकले आवश्यकता अनुसार राष्ट्रपति संगको भेटपछि समय माग्ने बिषयमा औपचारिक आह्वान गर्ने निर्णय गरेको छ । राष्ट्रपतिले दलहरुलाई दिएको एक साताको समयसिमा बिहीबार सकिदैछ । राष्ट्रपति लाई बिहीबार साँझ दलहरुले भेट्ने कार्यक्रम छ ।
बैठकपछि काग्रेस उपसभापति रामचन्द्र पौडेलले पछिल्लो परिस्थितिबारे समिक्षा भएको र सहमतिका लागि समय माग्नेबारे कुरा भएको जानकारी दिए  । ‘भोलि समय सकिदैछ,छलफल जारी राख्दै सहमति भएन भने सिमा थप्नेबारे पनि कुरा भएको छ’ पौडेलले भने, ‘राष्ट्रपति लाई भेटेपछि नै त्यो बारे निर्णय हुन्छ ।’
प्रमुख दलहरुबीचको राष्ट्रपति को कदम संबैधानिक कि असंबैधानिक भन्ने विवादले गर्दा सहमति हुन सकेका छैन । सत्तारुढ र विपक्षी दुबै गठबन्धनले सरकारको नेतृत्व दाबी गरिरहेका छन् । दुबै पक्षको विवादले गर्दा एकसाता भित्र प्रमुख दलहरुबीच  एउटा बाहेक अरु बैठक समेत भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार