‘कांग्रेसले सभापति कोइरालालाई प्रधानमन्त्रीको रुपमा अघिसार्छ’

१३ मंसिर २०६९, बुधबार १६:३४ मा प्रकाशित

काठमाडौ, १३ मंसिर । नेपाली काग्रेसका केन्द्रीय सदस्य दिपकुमार उपाध्यायले विहीबार बस्ने केन्द्रीय कार्य समितिको बैठकले सहमतिको सरकारको नेतृत्वकोलागी सभापति सुशिल कोइरालाको नाम अघि सार्ने दावी गरेका छन् ।
राजधानीमा आज गरिएको एक कार्यक्रममा उनले बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल प्रस्तावक र समर्थक भएर सर्वसम्मतीले सभापति कोइरालाको नाममा निर्णय गर्ने बताए । उपाध्यायले भने–निर्वाचित प्रधानमन्त्रीसँग अरुको तुलना हुनै सक्दैन । सभापति नहुने हो भने विकल्पकोलागी बैठक बसेर छलफल गर्नु पर्ने हुन्छ । सभापति नै उमेदवार हुने भए पछि बैठक पनि बस्नु पर्दैन ।
यद्यपि उनले बरिष्ठ नेता शेरबहादुर देउवाले त्याग गरिसकेकोले पूर्व संसदीय दलका नेता भएकोे र १७ पटक सम्म भएको निर्वाचन पराजित भएकोले उपसभापति रामचन्द्र पौडेललाई पनि मिलाएर अघि बढ्नु पर्ने आवश्यकता औल्याए ।
निश्कलंक छवी, त्यागी  र ईमान्दार ब्यक्तित्व भएकोले पनि सभापति कोइराला सहमतिको सरकारको नेतृत्वकोलागी उपयूक्त भएको भन्दै त्यसकोलागी काग्रेसले सहमतिको बातावरण निर्माण गर्ने बताए ।
काग्रेसको आधार भूमि मधेस भएको र काग्रेसकै नेताहरुले मधेसीबादी दलहरुसँग सम्झौता गरेकोले मधेसको माग पुरा गर्न काग्रेस नैतिक बन्धनमा बाँधीएको भन्दै त्यसमा शंका नगर्न उनले मधेसबादी दलहरुलाई आग्रह गरे । उनले भने–काग्रेस र एमालेले मानेरै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको हो । त्यसलाई विर्सेर अहिले हामिलाई नै संघीयता विरोधी भनेर जनतालाई झुक्याउने काम भईरहेको छ ।
एकीकृत नेकपा माओवादीका नेता हरिबोल गजुरेलले प्रधानमन्त्री डा बाबुराम भट्टराईकै नेतृत्वमा सहमतिको सरकार बने बैद्यानिक हुने दावी गर्दै त्यो हुन नसके ठूलो दलको हैसियतले माओवादीले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई अघि सार्ने बताए । श्रेष्ठको नाममा पनि सहमति नभए ठूलो गठबन्धनको हैसियतले सत्तारुढ गठबन्धबाट प्रधानमन्त्री बन्नु पर्ने उनको तर्क थियो ।
उनले बाहिर आए जस्तो नेकपा–माओवादीका महासचिव रामबहादुर थापाको नाममा अध्यक्ष र प्रधानमन्त्रीले समर्थन नगरेको स्पष्ट पार्दै भने–हामिले आफ्नै दावी प्रस्तुत गरिरहेको बेला कसैको नेतृत्व स्विकार गर्ने कुरै आउँदैन ।
संविधान संसोधन गरेर निर्वाचन गर्न पनि सरकार राष्ट्रपति र दलहरुवीच सहमति हुनु अनिवार्य भएकोले बैद्यानिक सरकारको नेतृत्वमै  सहमति कायम गर्नु अहिलेकोलागी उपयूक्त हुने गजुरेलको भनाई थियो ।
राष्ट्रपतिको कदम असम्बैधानिक भएकोले दिएको समयमै सहमति गर्नु पर्छ भने कुनै बाध्यता नरहेको भन्दै राष्ट्रपतिले दिएको समयको अर्थ नभएको बताए ।
गजुरेलले भने–अबको १५ दिनभित्रै सहमति बनेर निर्वाचनमा जानु पर्छ । नभए बैशाखमा निर्वाचन हुन सक्दैन । बैशाखमा निर्वाचन भए मुलुक द्धन्द्धमा जान्छ ।
नेकपा एमालेका नेता गोकर्ण विष्टले सहमतिकोलागी बातावरण तयार पारे सहमतिको सरकारको नेतृत्व काग्रेस सभापति सुशिल कोइरालाको नेतृत्व स्विकार गर्न एमाले तयार भएको बताए । यद्यपि उनले एमालेले औपचारिक रुपमा कसैको पनि नेतृत्व स्विकार गरिनसकेको स्पष्ट पारे ।
विष्टले बर्तमान प्रधानमन्त्री बाहेक जो सुकैमा पनि सहमति बन्दा एमाले तयार रहेको बताए ।
राष्ट्रपतिले दिएको सात दिनको समयमा सहमति बन्न नसके समय थपेर पनि सहमति कायम गरिनु पर्ने भन्दै विष्टले एमालेले सरकारको नेतृत्व दावी नगर्ने बताए ।
विघठित संविधानसभा प्रतिनिधित्व गर्ने ठूला दलबाट सहमति खोज्ने गरी सहमतिको मापदण्ड निर्माणगर्नु पर्ने धारणा राख्दै उनले सर्वसम्मत हुन नसके बुहमत दलको समर्थनमा प्रधानमन्त्री चयन गर्नु पर्ने बताए ।
सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संघीयता र मधेसको मागलाई स्विकार गरे काग्रेस सभापति सुशिल कोइरालाको नेतृत्व स्विकार गर्ने स्पष्ट पार्दै मधेसको माग स्विकार नगरे मधेसी मोर्चा सरकार बाहिर रहने स्पष्ट पारे । यद्यपि उनले मधेसी मोर्चाले समेत नेतृत्वमा दावी गर्ने बताए ।
अन्तरिम संविधानको धारा ३८ को १ त्यहीबाट सुरु भएर त्यही अन्त्य हुने भएकोले दलहरुवीच सहमति नभई सरकार, राष्ट्रपति र संविधान कतैबाट पनि निकास ननिस्कने भन्दै राजनीतिक दलहरुको सहमतिले मात्रै निर्वाचन र सहमतिको सरकार निर्माणको बाटो खुल्ने दावी गरे ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिले दिएको समयमा नयाँ प्रधानमन्त्री चयन नहुने भन्दै अनन्त कालसम्म म्याद थपिने आशंका ब्यक्त गरे ।
उनले अहिलेको अवस्थामा विपक्षी दलहरुसँग अहिलेको सरकारको कर्तुत सहनु वा आन्दोलन गर्नुको विकल्प नभएको भन्दै अहिले मुलुकलाई अनिर्णयको बन्दी बनाउने बाहेक नयाँ केही हुन नसको ठोकुवा गरे ।
मुलुकलाई निकास दिन राजनीतिक निर्णयको विकल्प नभएको उल्लेख गर्दै केसीले जनआन्दोलनका सहकर्मी दलहरुबाटै नयाँ प्रधानमन्त्री हुनु पर्ने जिकिर गरे ।
सरकार अजम्बरी बुटी खाए जस्तो भएकोले निकास ननिस्कीएको भन्दै उनले अहिलेको अवस्था आउनुमा माओवादी र काग्रेस जिम्मेवार रहेको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार