हुम्लाका ५ सय विद्यार्थीहरुले परिक्षा दिन नपाउने

१३ मंसिर २०६९, बुधबार १६:३० मा प्रकाशित

काठमाडौं, १३ मंसिर । सरकारले सामुदायिक विद्यालयमा विभिन्न उपाय लगाएर विद्यार्थी संख्या बढाउने लक्ष्य लिई रहेको बेला सरकारी लापरवाहीकै कारण हुम्लाका एक दर्जन सामुदायिक विद्यालयका करिब ५ सय विद्यार्थीहरुले परिक्षा दिनब नपाउने अवस्थामा पुगेका छन् ।
बुधबार रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलन जिल्ला शिक्षा कार्यालय र शिक्षा विभागका बीचमा आपसी तालमेल मिल्न नसक्दा स्वीकृतिमा ढिलाई भएपछि मौखिक आश्वासनका भरमा कक्षा सञ्चालन गरिएका विद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्यमाथि प्रश्न चिन्ह खडा हुन पुगेको प्रस्तावित चन्द्रप्रकाश मावि, भलालदिपुका व्यवस्थापन समितिका अध्यक्ष लालकेश जैसीले बताउनु भयो ।
गत फागुनदेखि नै नयाँ कक्षा सुरु गरेका तीन वटा प्रस्तावित माध्यमिक २ वटा प्रस्तावित निमावि र सात वटा प्रस्तावित प्राथमिक विद्यालयमा एक वर्षदेखि अध्ययन गर्दै आएका झण्डै पाँच सय विद्यार्थीको बार्षिक परिक्षा कार्यक्रमको मुखैमा आएर भाँडिन पुगेको छ । सामुदायिक विद्यालय सञ्चालनका लागि यसै शैक्षिक सत्र सुरु हुनुभन्दा दुई महिना अगाडि अर्थात २०६८ साल मंसिर मसान्तभित्रैमा आवश्यक प्रक्रिया पूरा गरी कक्षा सञ्चालनको लागि स्वीकृति प्रदान गर्न जिल्ला शिक्षा कार्यालय हुम्लामा फाइल पेश गरेको भएपनि कक्षा सञ्चालनको लागि मौखिक निर्देशन दिएको तर, अन्तिम समयमा आएर स्वीकृति नदिएको बताउनु भयो ।
जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति सम्बन्धी प्रक्रिया पूरा नभएपछि शिक्षा विभागमा पहल गर्नको लागि भन्दै चन्द उठाएर राजधानी प्रवेश गरेको जैसीले आफूहरुलाई मंसिरको ६ गतेसम्म स्वीकृति हुन्छ भन्दै झुलाएर राखेको र मंसिर ७ गते एकाएक यस वर्षलाई स्वीकृति दिन नसकिने जानकारी दिएकोमा आक्रोस व्यक्त गर्दै हुम्ली जनताका छोरा छोरीले पढ्ने पाउने मौलिक अधिकारको ग्यारेन्टी गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो –सरकारले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउने नीति ल्यायो, हामीले गाउँ गाउँमा गएर गरिब, भोका नाङ्गा मानिसहरुलाई विद्यालयमा छोरा छोरी पठाउन आग्रह ग¥यौं, प्वाल परेका लुगा लगाउँदै दैनिक ५ घण्टासम्म हिडेर बालबालिकाहरु विद्यालयमा पढ्न आए, अब अवस्था भयो हामीले ति अबोध बालबालिकालाई के उत्तर दिेन ?
पत्रकार सम्मेलनमा बोल्दै जैसीले चन्दा उठाएर शिक्षक पालेका, चक र डस्टर किन्नुपर्ने अवस्थाबाट अगाडि बढेका विद्यालयको मनोबल उकास्नुको साटो सरकारले झनै विभेद गरेको आरोप लगाउनु भयो ।
हुम्लाका विकट क्षेत्रमा प्रस्तावित चन्द्र प्रकाश मावि, भदालदिपु, सैपाल हिमाल मावि, सेडा, सिद्धार्थ मावि, बुराउसे, बलभद्र निमावि, साता, बागेश्वरी निमावि, ताग्ला, राष्ट्रिय प्रा.वि सैना सर्किदेऊ, पाँगरपानी प्रावि, कालिका, शंकरपाल प्रावि, ठेहे, जनता प्रावि मैला, बृद्ध प्रा.वि, मकै श्रीनगर, शान्ति प्रा.वि मिमी, पार्वती प्रा.वि डाँडाफयामा अध्यययन गरिरहेका चार सय ८५ विद्यार्थी अध्ययनरत छन् । निजि क्षेत्रको पब्लिक एकेडेमीले पनि कक्षा सुरु गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक(आईजीपी)

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

आजको प्रमुख समाचार