सहकारी सुधार कार्ययोजना निर्माण

१३ मंसिर २०६९, बुधबार १६:२३ मा प्रकाशित

काठमाडौं, १३ मंसिर । सहकारी क्षेत्रमा देखिएका विकृतिलाई नियन्त्रण गर्न सहकारी विभागले सहकारी क्षेत्र सुधार कार्ययोजना निर्माण गरेको छ । सहकारीको मूल्य, मान्यता र सिद्धान्तविपरीत गई सञ्चालन भइरहेकाले विभागले सुधार कार्ययोजना निर्माण गरेको हो । यस कार्ययोजनालाई केही दिनभित्रै सार्वजनिक गर्ने सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेले जानकारी दिए ।
सहकारी अनुगमनका क्रममा देखिएका समस्या समाधान र सहकारी सिद्धान्तअनुरूप संस्था सञ्चालन गराउनु कार्ययोजनाको उद्देश्य रहेको न्यौपानेले जानकारी दिए । ‘सहकारीमा समस्या उत्पन्न भएको छ,’ उनले भने, ‘सुधार कार्ययोजनाले यसलाई नियन्त्रण गर्ने छ ।’ सहकारी संस्थालाई ऐन, मापदण्डअनुरूप सञ्चालन गर्न पनि यस कार्ययोजनाले सहयोग गर्ने छ । सहकारी विभागले गरेको अनुगमनमा सहकारी समस्याग्रस्त देखिए पनि विभागले यस्तो कदम चालेको उनको भनाइ छ । समस्यालाई तत्काल रोक्न नसके समग्र सहकारी अभियानलाई असर गर्ने सहकारी विभागको भनाइ छ ।
०६६ माघदेखि नेपाल राष्ट्र बैंकका अधिकारीसहित विभागका कर्मचारीले वार्षिक पाँच करोडभन्दा बढी कारोबार गर्ने केही सीमित सहकारीको मात्र अनुगमन गरेको छ । अनुगमनमा अधिकांश सहकारीले सहकारी ऐन, ०४८ र सहकारी मापदण्ड, ०६८ विपरीत कारोबार सञ्चालन गरेको फेला पारेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

काठमाडौँ । संविधान निर्माणसँगै स्थायित्वतिर लम्केको नेपालको राजनीति पुनः अस्थिरताको दिशामा बढेसँगै विकास पूर्वाधारमा असर परेको छ । गत आमनिर्वाचनमा

आजको प्रमुख समाचार