कास्कीका १९ कैदीबन्दी स्थानान्तरण

१३ मंसिर २०६९, बुधबार १५:३९ मा प्रकाशित

पोखरा, १३ मंसिर । झडपमा संलग्न कास्की कारागारका १९ कैदी बन्दीलाई स्थानान्तरण गरिएको छ । स्थान्तरण हुनेमा कैदीका नाईके चन्द्र गुरुङलाई वीरगञ्ज, ८ जनालाई रौतहट र १० जनालाई पाल्पा पठाएको कारागार प्रमुख सुनिल अधिकारीले जानकारी दिए ।
गत मंसिर–८ गते कारागारमा भएको झडपमा कैदीका नाइके गुरुङसहित २५ बन्दी दोषी देखिए पछि स्थानान्तरण गरिएको हो । छानवीन समितिको सिफारिसमा उनीहरुलाई सारिएको अधिकारीले बताए ।
शुक्रबार राति कारागारमा बन्दीहरु वीच झडप हुँदा २० जना घाईते भएका थिए । घाईते मध्य दुई जनाको अस्पतालमा उपचार भैरहेको छ ।
बन्दी–बन्दीबीच लेनदेनलगायतको विषयमा समूह विभाजन भएका थिए । कैदी बन्दीबीच एक अर्कासँगको लेनदेन, अनौपचारिक व्याजदर, कारागारबाट प्राप्त सुबिधामा चौकीदारको बढी पहुँचलगायतका बिषयमा मनमुटाव बढे पछि तनाव भएको थियो । ६० जना क्षमताको कास्की कारागारमा ३ सय ५२ जना कैदी बन्दी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार