उपल्लो मुस्ताङका गाउहरु सुनसान; बिद्यालयहरु बन्द, कतिपय घुम्तीरुपमा संचालीत

१३ मंसिर २०६९, बुधबार १५:३९ मा प्रकाशित

चन्द्रश्वर बस्ताकोटी, मुस्ताङ, १३ मंसिर । जाडो छल्न बेसी झर्ने उपल्लो मुस्ताङका अधिकांशले मौसमी व्यापार गर्न थालेका छन् । चिसो अत्याधिक बढेपछि उपल्लो मुस्ताङका बासिन्दा खेती थन्काएर बालबच्चा सहित बेसी झरेपछि अहिले उपल्लो मुस्ताङका गाउँहरु खाली भएका छन् । उपल्लो मुस्ताङमा अत्यधिक चिसो बढेको छ । जाडोको समयमा त्यहाँ बस्न नसकेपछि बेशी झरेका उपल्लो मुस्ताङीहरुले त्यहाँका स्थानिय बस्तुको व्यापार गर्ने गरेका हुन् । जाडो छल्न बेशी झरेका मुस्ताङीहरुले यहाँको जिम्बु, याक र च्याग्राको सुकुटी, मुगाको माला, विभिन्न पत्थरहरु, ऊनका कपडाहरु, सिद्रा, सियो, खिप, चौरीको पुच्छर ल्याएर बेनी, बागलुङ र पोखरा लगायतका ठाउमा विक्री गर्न थालेका छन् । मंसिर, पुष, माघ र फाल्गुन महिना अत्याधिक चिसो हुने भएपछि उपल्लो मुस्ताङका स्थानियहरु जाडो छल्न ३ महिना बेनी, बागलुङ र पोखरा लगायतका ठाउमा बस्ने गर्दछन् । उतातिर धेरै चिसो छ बस्न सकिदैन त्यसैले तल झरेका हौं यहि बेलामा व्यापार पनि त गर्ने पर्यो, छोण्हुपका व्यापारी कर्मसम्टुक गुरुङले भन्नुभयो।यति धेरै समय ब्यापार नगरे कसरी तिन चार महिना बस्न सकिन्छ उपल्लो मुस्ताङबाट झरेका ५३ बर्षिय फुर्वा विष्टले बताउनुभयो । मुस्ताङका स्थानिय बिकास अधिकारी डिल्लीराम सिग्देलले भन्नुभयो, ‘नगरी नहुने कार्य हामीले गरिरहेका छौ । उपल्लो मुस्ताङजाने खोलैखोलाको अस्थायी मोटरबाटो पनि हिजोबाट सम्पन्न भएको छ । उपल्लो मुस्ताङका प्राय गाउँहरु खाली छन् जाडो छल्न र व्यापार गर्न धेरै जिल्लाबासीले गाउ छाडेका छन । बिकास निमार्णका कार्य पनि समयमै बजेट नआएकाले पनि यतिबेला ठप्प जस्तै छ ।’ धरै सामान बोकेर ल्याएकाहरुले काठमाण्डौ लगायत भारतमा समेत व्यापार गर्ने पुग्छन । धेरै जसो उपल्लो मुस्ताङबासी स्विटर ब्यापारमा भारतमै जाने गरेका छन । आफुसँग रहेको बस्तु तथा सामान घरदैलोमा नै पुगेर उपल्लो मुस्ताङबासीले बेच्ने गर्छन् । उपल्लो मुस्ताङका छोन्हुप, छोसेर, लोमान्थाङ, सुर्खाङ, चराङ, छुसाङ, घमी, मुक्तिनाथ, झोङ, कागबेनी लगायत गाविसका गाउहरु अहिले सुनसान बनेको छ । बुढाबुढी भने घरमै कुरुवा भै बसेका छन् । उपल्लो मुस्ताङका लोवा समुदायको करिब ७ हजार जनसंख्या छ । हरेक गाउँमा घर कुर्नकोलागि दुई, चार जना व्यक्ति बसेपनि अरु सबैले घोडा खच्चड खेदेर घर छाडेका हुन् । उपल्लो मुस्ताङका तीस विद्यालय पनि बन्द भएका छन् । कात्तिकको अन्तिम साताबाट घर छाड्न सुरु गरेका मुस्ताङी बर्षभरीलाई खर्च कमाएर फाल्गुनमा फर्किने गर्दछन् । सधै झै यस पटक पनि जाडो बेला उपल्लो मुस्ताङका करिब ३० विद्यालय बन्द हुन लागेको मुस्ताङ जिल्ला शिक्षा कार्यालयले जनाएको छ । धेरै जसो बिद्यालय बन्द भै सकेर पनि आधिकारीक रुपमा बिद्यालय बन्द नभएको जनाइएको छ । केही विद्यार्थीको लागि भने पोखरा, काठमाण्डौमा घुम्ति विद्यालय सञ्चालन भएका छन् । छोण्हुपका ६ बिद्यालय पोखराको नया बसपार्क नजिकै, गाबिसको सहयोगमा घुम्ति बिद्यालयका रुपमा सचालन भैरहेको छ । राष्टिय निमाबि लोमान्थाङ पोखराको नागढुगा, दिब्य दिप माबि पोखराकै लामाचौरमा घुम्ति बिद्यालयका रुपमा संचालित छन । यि बिद्यालयका प्रति बिद्यार्थी सरकारले प्रति महिना १५ सयका दरले घुम्ति बिद्यालयका रुपमा सचालन गर्न रकम दिदै आएको छ । आफ्नै खर्चमा लामा बिद्यालय, आनी बिद्यालयहरु समेत पोखरा, काठमाण्डौमा घुम्तीरुपमा सचालित छन । नेपालकै एकमात्र चराङको आनी बिद्यालय पोखरामा घुम्ति बिद्यालयका रुपमा गत १५ गते देखि सचालनमा आएको छ । नेपालकै एकमात्र आम्ची बिद्यालय समेत पोखराको हेम्जामा धुम्ती रुपमा सचालन भै सकेको बिद्यालका संचालक आम्ची ध्याचो बिष्टले बताउनु भयो । बन्द भएका स्कुल अव फाल्गुनको दोस्रो साताबाट खुल्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार