बादल बाहेक अर्को उमेदवार स्विकार्दैनौः अध्यक्ष बैद्य

१३ मंसिर २०६९, बुधबार १५:३७ मा प्रकाशित

काठमाडौ, १३ मंसिर । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले भावी सहमतीय सरकारको प्रधानमन्त्रीको रुपमा पार्टीका महासचिव रामबहादुर थापा बादल बाहेक कसैलाई पनि स्विकार नगर्ने स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लबले बुधवारबाट सुरु गरेको ‘रिपोर्टर्स क्लब नेपालको अभियान, तत्काल राष्ट्रिय सहमतिको सरकार ’ अभियान अन्र्तगतको विशेष साक्षात्कारमा बोल्दै उनले जातीय पहिचान र बर्गिय दृष्टिकोणबाट पनि महासचिव बादल उपयूक्त हुने तर्क गरे ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा किरणले बादललाई प्रधानमन्त्री बनाउने विषय एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग कुराकानी भईसकेको र उहाँहरु सकारात्मक रहेको जानकारी दिदै अब काग्रेस सभापति सुशिल कोइरालासँग पनि कुरा गर्ने बताए ।
संविधानका अन्र्तबस्तुमा सहमति नभएसम्म आफ्नो पार्टीले अरु कसैको नेतृत्वलाई कुनै पनि हालतमा स्विकार गर्नै नसक्ने सो अवसरमा स्पष्ट पारे ।
काग्रेस सभापति कोइरालाको नेतृत्वको विषयमा राखिएको जिज्ञासामा उनले काग्रेस सभापति सुशिल कोइराला मुलुकको त्यागी, ईमान्दार नेता भएको प्रतिकृया मात्र दिए ।
ठूला तीन दलको झगडाकै कारण मुलुकमा समस्या आएकोले अहिले तीनै दल मिल्दैमा समस्याको समाधान हुनै नसक्ने ठोकुवा गर्दै बैद्यले आफूहरुलाई सहभागी नगराई गरिने कुनै पनि छलफल सहमतिमा नपुग्ने र पुगिहाले पनि आफूहरुलाई मान्य नहुने बताए ।
उनले भने–हामि पनि जनयूद्ध लडेर आएका हौ । एउटा पक्षलाई काँखी च्यापेर संविधान बनाएर अघि बढे हामिलाई स्विकार्य हुँदैन । हामि आन्दोलनमा जान्छौ ।
लोकतान्त्रिक संविधान र गणतन्त्रको लागी मात्रै अर्को संविधानसभाको निर्वाचनको आवश्यकता नभएको भन्दै उनले अहिले नै विवाद मिलाएर संविधान जारी गरेर महासचिव बादललाई प्रधानमन्त्री बनाउनु पर्ने धारणा राखे । नभए मुलुकमा जे पनि हुन हुन सक्ने उनको चेतावनी थियो ।
सो अवसरमा क्लबका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा गएको पत्रकारहरुको टोलीले अध्यक्ष बैद्यलाई तत्काल सहमतिको सरकार बनाउन, निर्वाचन निश्चित गर्न र संविधानसभाबाटै संविधान बनाउन दवाव दिन ज्ञापन पत्र समेत बुझाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार