‘राष्ट्रपति कसैको उक्साहटमा लाग्ने होइन’

१३ मंसिर २०६९, बुधबार १५:३० मा प्रकाशित

बागलुङ, १३ मंसिर । कसैको उक्साहटमा राष्ट्रपतिले मुलुकको कार्यकारी अधिकार लिन खोजे देशका लागि दुर्भाग्यपूर्ण हुने प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले चेतावनी दिएका छन् । धौलागिरी अञ्चल अस्पताल बागलुङको उद्घाटनपछि सम्बोधन गर्दै भट्टराईले संवैधानिक राष्ट्रपतिलाई उक्साएर कार्यकारी बनाउन खोजे देशमा दुर्घटना निम्तिने चेतावनी दिएका हुन् ।
उनले राष्ट्रपतिलाई उकास्ने काम भएको भन्दै तत्कालीन राजा ज्ञानेन्द्रलाई त्यसरी नै उकास्दा राजतन्त्र बढारिएको इतिहास साक्षी रहेको पनि बताए । गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिलाई विवादमा तान्ने काम नगरौँ, उहाँलाई सम्मानित रुपमा राख्नुपर्छ प्रधानमन्त्रीको भनाई थियो ।
अन्तरिम संविधान अनुसार राष्ट्रपतिले मन्त्री परिषदले सिफारिस गरेको काम मात्र गर्नुपर्ने प्रधानमन्त्री भट्टराईले बताए । संवैधानिक अस्पष्टताका कारण केही बिवाद जस्तो देखिए पनि गुण दोषको भागिदार मन्त्रिपरिषद नै हुने भएकाले राष्ट्रपतिलाई विवादमा तान्न नहुने उनको भनाई थियो ।
मन्त्रिपरिषद्ले गरेको कामको दोष र गुणको जिम्मा मन्त्रिपरिषद्‍ले लिन्छ, राष्ट्रपतिले हैनु उनले भने। अन्तरिम संविधानको अस्पष्टताको कारण राष्ट्रपति र प्रधानमन्त्रीबीच केही मनमुटाव जस्तो देखिएको भए पनि त्यस्तो नभएको उनले स्पष्ट गरे। उनले भने, बाहिर आएको कुरा जस्तो भएको हैन। व्यक्तिगत रुपमा पनि उहाँसँग मेरो सम्बन्ध राम्रो छ।
धौलागिरी अञ्चल अस्पतालको उद्घाटनपछि कर्मचारीलाई निर्देशन दिन जाने क्रममा  प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विपक्षी राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनले विरोध स्वरुप कालो झण्डा देखाएका छन् ।
कालो झण्डा देखाउने क्रममा प्रहरीले लाठि चार्ज गर्दा आधा दर्जन विद्यार्थीहरु घाइते भएको बिद्यार्थी संगठनले जानकारी दिएका छन् । झडपको क्रममा बिद्यार्थीहरुले सिञ्चाई कार्यालय बागलुङको गाडी समेत तोडफोड गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

आजको प्रमुख समाचार