फेरी बढ्यो लोड सेडिङ

१३ मंसिर २०६९, बुधबार १५:१४ मा प्रकाशित

काठमाडौं, १३ मंसिर । आज देखि नेपालमा फेरी लोडसेडिङ बढेको छ । नेपाल विद्युत् प्राधिकरणले आजदेखिलागु हुने गरी  सातामा ५६ घन्टासम्म लोडसेडिङ हुने नयाँ तालिका सार्वजनिक गरेपछि लोडसेडिङ बढेको हो ।
प्राधिकरणका अनुसार सातामा ५ दिन ८ घन्टा, एक दिन ९ र एक दिन ७ घन्टा लोडसेडिङ हुने छ । प्राधिकरणका प्रवक्ता शेरसिंह भाटका अनुसार नदीमा पानीको बहाव घटेकाले लोडसेडिङ बढेको हो ।
नदीहरुमा पानीको जलस्तर घट्न गएको कारणबाट माग र आपूर्तिमा असन्तुलन रहेको हुँदा साविकमा हुँदै आएको विद्युत् भार कटौतीको तालिकमा हेरफेर गर्नुपरेको प्राधिकरणका प्रणाली सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले बताए । भारतबाट आपूर्ति गरिँदै आएको विद्युतको आपूर्तिमा कमी गरिएबाट पनि विद्युत् भार कटौती गरिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

काठमाडौं।अर्थमन्त्री जनार्दन शर्माले नेपालमा स्रोत र साधनको समस्या नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुधबार आयोजना गरेको

आजको प्रमुख समाचार