सुरु भयो खानेपानी अध्ययन गोष्ठी

१३ मंसिर २०६९, बुधबार १५:०८ मा प्रकाशित

काठमाडौ, १३ मंसिर । काठमाडौंमा खाने पानि अध्ययनका लागि आज देखि गोष्ठि सुरु भएको छ । नेपालको खानी र भौगर्भिक अवस्थाका बारेमा अध्ययन तथा विश्लेषण गर्न हिमालय–काराकोरम–तिव्बतको गोष्ठी शुरु भएको हो ।
नेपाल भौगर्भिक समाज र खानी तथा भूगर्भ विभागको आयोजनामा शुरु भएको गोष्ठीको राष्ट्रपति डां. रामवरण यादवले उद्घाटन गरे । राष्ट्रपति यादवले हिमालमा हिउँ पग्लने समस्याका बिषयमा चिन्ता व्यक्त गर्दै हिमाल जोगाउने बिषयमा गम्भीर बन्न बैज्ञानिकहरुलाई अनुरोध गर्नुभयो । गोष्ठीमा नेपालका साथै भारत, अमेरिका, बेलायत, बंगलादेश, भुटान, चीन, इटली, जापान, इजरायल, फ्रान्स, जर्मनी, क्यानडा, स्पेन, अष्ट्रिया लगायत १९ देशका १ सय ७६ वैज्ञानिकहरु सहभागी छन् ।
तीन दिनसम्म चल्ने गोष्ठीमा नेपालको जलवायु परिवर्तन, भौगर्भिक अवस्था, भूक्षय र भूकम्पीय जोखिम, खनिज पदार्थको अवस्था लगायत ४० भन्दा बढी विषयमा शोधपत्र प्रस्तुत गरिनेछ । गोष्ठीमा खासगरी हिमालय श्रृंखला, काराकोरम श्रृंखला र तिब्बतको उत्पति विकासबारे बैज्ञानिकहरुका अनुसन्धानलाई एकत्रित गरिने नेपाल भौगर्भिक समाजका अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार