वृक्षरोपन अभियान देशभर सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

१३ मंसिर २०६९, बुधबार १५:०३ मा प्रकाशित

भक्तपुर, १३ मंसिर । प्रधानमन्त्री डा बाबुराम भट्टराईले वृक्षरोपणको अभियान मुलुकभर सञ्चालन गरिनु पर्ने बताएका छन् । वन तथा भू—संरक्षण मन्त्रालयद्वारा आज कोटेश्वर–सूर्यविनायक खण्डको छ लेन सडकअन्तर्गत लोकन्थलीमा आयोजित सहरी वृक्षरोपण कार्यक्रमको स्वामीको बिरुवा रोपेर शुभारम्भ गर्दै उनले बढ्दो जनसङ्ख्या वृद्धि र सहरीकरणका कारण मरुभूमिकरण निम्तिन सक्ने र त्यसलाई रोक्न यस्तो अभियानलाई देशभर सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
वन विनासका कारण वातावरण बिग्रँदै गएको उल्लेख गर्दै उनले वृक्षरोपण र हरियाली बढाउने कामलाई साङ्केतिकरुपमा मात्र नलिई अभियानकै रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । एक घरले १० देखि १२ वटा बिरुवा रोपेर हुर्काए पर्यावरण संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने प्रधानमन्त्रीको भनाइ थियो ।
कार्यक्रममा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, वनमन्त्री यदुवंश झा, मुख्य सचिव लीलामणि पौडेल, प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बाँस्कोटा, प्रहरी महानिरीक्षक कुबेरसिंह राणालगायत सरकारी कार्यालयका प्रमुखले बिरुवा रोपेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

काठमाडौं।राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको

आजको प्रमुख समाचार