संकटमा सुष्मा कार्की

१३ मंसिर २०६९, बुधबार ०५:०५ मा प्रकाशित

काठमाडौं । सिनेमा ‘लुट’ को उध्रेको चोली बोलको आइटम गीतमा नाचेर नायिका सुष्मा कार्कीले जसरी रातारात चर्चा कमाइन्, अहिले उसैगरी हराएकी छिन् । आइटम गर्ल भएलगत्तै उनी बेफुर्सदिली बनेकी थिइन् । उनलाई सिनेमामा खेलाउन खोज्ने निर्देशकहरु बाक्लै थिए ।

तर अहिले सुष्माको हात खाली छ । निर्देशकले उनलाई सम्पर्क नगरेको एक महिना बितिसकेको छ । नेपाली सिनेमामा कथाले मागेजस्तो सिन दिए जति पनि बिकिन्छ भन्ने धारणा छ । भद्दा सेक्स सिन दिएकोबारे कसैले प्रश्न गरे नायिकाहरु सोही थेगो पछ्याउँदै भन्छन्, ‘कथाले मागेपछि के गर्नु ?’ कथाले मागेजति सिन दिन तयार हुँदा समेत नायिका सुष्माका हातमा किन सिनेमा छैनन् ?

कथाले नमाग्दै रिलमा होइन कि रिअल लाइफमै ‘हट सिन’ दिन थालेपछि सुष्मा सिनेमाविहीन बनेकी हुन् । निर्देशक राजु गिरीको सिनेमा ‘वार’को सुटिङ चलिरहँदा सुष्मा ब्वाईफ्रेन्डसंग किस सिन दिन मस्त भइन् । जसले गर्दा सुष्मा सिनेमाबाट बाहिरिनुपर्‍यो । निर्देशकले निकालिदिएपछि सुष्माले सिनेमा खेल्न पाएकी छैनन् ।

आफ्नै हर्कतबाट धोका खाएकी सुष्माले यसअघि सेक्स सिन अन्जानमै दिएकोले आइन्दा नदिने घोषणै गर्नुपर्‍यो । उनले भनेकी थिइन्, ‘अब राम्रा सिनेमा मात्रै खेल्छु ।’ तर हालसम्म सुष्माले राम्रा सिनेमा हात पारेकी छैनन् । सुष्माको सिने करियर नै धरापमा परेको जानकारहरु बताउँछन् । खहरे खोलाको भर नपर्नु भन्ने उखान अबचाहिं सुष्माले बुझिलन् कि ?
Source: FilmNepal.com

प्रतिक्रिया
सम्बन्धित खवर

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी आफ्ना हट तथा बोल्ड तस्विरहरुबाट इन्टरनेटमा अक्सर सनसनी मच्चाइरहेकी

सन्नी लियोनीको करियरले बलिउडमा खासै प्रभाव पार्न सकेको छैन । उनी कहिलेकाहीँ दक्षिण भारतीय फिल्ममा देखिने गर्छिन् । उनले यसका

उर्वशी रौतेला फिल्मभन्दा सामाजिक सञ्जालमा सक्रिय छिन् । उनको सौन्दर्य, हटनेस र फिगरका लाखौं फ्यानहरू छन् जसले उर्वशीको हरेक कार्यमा