कोरियामा एक नेपालीको मृत्यु

१३ मंसिर २०६९, बुधबार ०५:०० मा प्रकाशित

अशोक मैनाली, दक्षिण कोरिया, १३ मंसिर । इपिएस मार्फत २१ महिना अघि दक्षिण कोरिया आएका कास्कीका ईन्द्र बहादूर शेरचन मृत अवस्थामा फेला परेका छन् । दक्षिण कोरियाको आन्सान शहर स्थित सिह्वा औद्योगिक क्षेत्रमा रहेको इरे जङ्मिल नामक कम्पनीमा कार्यरत कास्की हाडे बजारका ३४ वर्षिया शेरचन आफू सुतैकै कोठामा मृत अवस्थामा फेला परेका हुन् । उनी संगै काम गर्दै आएका तारा बहादूर क्षेत्रीका अनुसार उनी मध्यान्ह १२ बजे कोठामा जांदा सकुशल रहेको तर बेलुका ६ बजे नजिकैको कोठामा बस्ने एक भियतनामी नागरिकले मृत अवस्थामा देखे पछी अन्य साथीहरूलाई खवर गरेको कम्पनी मालिकको सहयोगमा प्रहरीलाई खबर गरिएको थियो । प्रहरी रिपोर्ट अनुसार उनको मृत्युको कारण हृदय घात भएको बुझिएको छ । अहिले उनको सव सिह्वा स्थित सेन्टर हस्पितलमा रहेको छ । उनका १० बर्षे र ५ बर्षे छोरा रहेको पनी क्षेत्रीले बतएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार