सकारात्मक भएर नेतृत्वलाई सहयोग गरौँ : उपाध्यक्ष शर्मा

२२ चैत्र २०७८, मंगलवार ०७:५५ मा प्रकाशित

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.हेमराज शर्माले नवनिर्वाचित कार्यसमितिलाई सकारात्मक भएर सहयोग गर्न आग्रह गरेका छन् ।

संघको १०औँ महाधिवेशन सकेर सोमवार बेलायत फर्किएका डा.शर्माले दशकदेखि मौलाएको पावर, पैसा र पोलिटिक्सको सहायताले सीमित व्यक्तिको घेरामा राखिएको एनआरएनएलाई लाखौँ गैरआवासीय नेपालीबीच पुर्‍याउन अभियान त्यति सहज नभएको बताए ।

शर्माले संघको निर्वाचन रोक्न परराष्ट्र मन्त्रालय, राजनीतिक दलहरु, संघका संरक्षक, न्यायालय सबै मैदानमा उत्रेको दाबी गरेका छन् ।

उनले लोकतन्त्रमा असहमतिबीच परिस्थितिलाई स्वीकार गर्ने बानी बसाल्न आग्रह गर्दै कतिपय विषयमा असहमति हुँदा हुँदा पनि एनआरएनएलाई एक राख्न परिस्थितिलाई स्वीकार गर्नु पर्ने स्थिति आएको बताए ।

संघको निवर्तमान महासचिव समेत रहेका शर्माले गत निर्वाचनमा राखेका बाँचामध्ये करिब ८० प्रतिशत प्रतिबद्धता पूरा गर्न पाएकोमा सन्तोष व्यक्त गरेका छन् ।

शर्माले फेस भेरिफिकेसन मार्फत् मतदान गर्ने पूरै तयारी रोक्न एउटा समूह सफल भए पनि दीर्घकालीन रूपान्तरको अभियानलाई भने कसैले रोक्न नसक्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर दोस्रो साता हुने चौथो विश्व स्वास्थ्य सम्मेलनमा राष्ट्रिय आविस्कार केन्द्रका

काठमाडौं । बहुपदीय प्रणालीमा सहमति भएसँगै गैरआवासीय नेपाली संघ(एनआरएनए)मा पहिलो कार्यकारी अध्यक्ष भएका हुन् कुल आचार्य। एनआरएनएको इतिहासमै पहिलोपटक बनेको यो

गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डल र काठमाडौ महानगरपालिका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । मेयर कक्षमा भएको भेटघाटको क्रममा संघले

गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार ५८० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । एनआरएनएको

आजको प्रमुख समाचार