लुटेराहरु पक्राउ

१२ मंसिर २०६९, मंगलवार १८:३९ मा प्रकाशित

काठमाडौं, १२ मंसिर । सितापाइला–३ स्थित क्लिन इनर्जि बैंक नजिक मकवानपुर जिल्ला हेटौडा नगरपालिका–२ घर भईसोही ठाउँ बस्ने सञ्जय लामा अमेरिकी डलर साट्न भनि नगद १ लाख १४ हजार लिई उदयपुर घर भई सितापाइला बस्ने ३२ वर्षीय तिलक मगर, मकवानपुर हेटौडा घर बताउने २३ वर्षीय सुरेश तामाङ र सुनसरी भेडेटार घर भई काठमाडौं कीर्तिपुर बस्ने २४ वर्षीय कुसम राईसँग आएकोमा निजहरुले उक्त रकम लुटि भाग्न खोज्दा महानगरीय प्रहरी प्रभाग स्वयम्भुबाट गस्तीमा खटिएका प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको छ । उनीहरुमध्ये सुरेश तामाङ फरार भएको तथा अभियुक्तसँग डलर नभएको प्रहरीले जनाएको छ ।
यसैगरी लुटपाट घटनामा संलग्न रोल्पा जिल्ला नुवागाउँ–९ बस्ने २५ बर्षीय पारस बुढा मगरलाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । तुल्सीपुर नगरपालिका–५ स्थित सिद्धार्थ सप्लायर्स पसलका संचालक जितबहादुर खड्काले पसलमा हिसाव मिलान गर्ने क्रममा उनी समेतका ३ जनाको समूहले निजलाई पेस्तोल देखाई लुटपाट गरी फरार भएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले निजलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । घटनामा संलग्न रही फरार रहेका सोही ठाउँ बस्ने सुदन बुढामगर र खड्ग घर्तीमगरको प्रहरीले खोजतलास गरिरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं।बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने