कांग्रेस एमालेबाट होइन सत्तागठवन्धनबाटै प्रधानमन्त्रीः एमाओवादी

१२ मंसिर २०६९, मंगलवार १६:१६ मा प्रकाशित

काठमाडौं, १२ मंसिर । एकीकृत नेकपा माओवादीले सहमतीय सरकारको नेतृत्वमा कांग्रेस एमाले नभइ माओवादीबाटै हुनु पर्ने निर्णय गरेको छ । उनसले कांग्रेस एमाले नेतृत्वको सरकार स्वीकार नगर्ने पनि स्पष्ट पारेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा आज बसेको पदाधिकारी र ब्यूरो इन्चार्जहरुको बैठकले सहमतीय सरकारको नेतृत्व कांग्रेस एमालेलाई दिन नसक्ने ठहर गरेको हो । सुदूरपश्चिम ब्यूरो प्रमुख शक्ति बस्नेतले अनलाइनखबरसँग भन्नुभयो, ’कांग्रेस एमालेले हाम्रो नेतृत्व स्वीकार नगर्ने भनेपछि हामीले उहाहरुको नेतृत्व मान्ने कुनै आउँदैन ।’
एमाओबादीले पार्टी उपाध्यक्ष समेत रहेका वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा सहमतीय सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । ‘बाबुराम जी कै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने हाम्रो औपचारिक प्रस्ताव छ’ बस्नेतले भन्नुभयो, ’त्यसका लागि दलहरुसँग छलफल गर्ने निर्णय भएको छ ।’ बैठकमा अध्यक्ष प्रचण्डले आफूसँग मंगलजबार भएको भेटमा राष्ट्रपति डा। रामवरण यादवले भट्टराईकै नेतृत्वमा सहमति जुटेपनि आफूलाई कुनै आपत्ति नरहेको जानकारी गराएका थिए ।
माओवादीले भट्टराईको नेतृत्वमा राष्ट्रिय सहमति नजुटे गठवन्धनभित्रको नेतृत्व भने खुला राख्ने निर्णय गरेको छ । सहमतीय सरकारको प्रधानमन्त्रीमा भट्टराईलाई पहिलो प्राथमिकतामा राखेको एमाओवादीले पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश तथा गठवन्धनबाट विजयकुमार गच्छदार र महन्थ ठाकुरलाई विकल्पमा रुपमा अघि सारेको छ ।
बैठकमा राष्ट्रपतिको कदमलाई लिएर देखिएको मतभेदबारे समेत छलफल भएको थियो । बैठकले विश्वासको वातावरण बनाएको मधेस यूरो प्रमुख हरिबोल गजुरेलले जानकारी दिए । ‘बाहिर पार्टीमा अन्तरविरोध जस्तो आएको थियो । त्यसलाई प्रष्ट पार्ने काम भयो, ’उहाँले भन्नुभयो, ’विश्वासको वातावरण बनेको छ ।’ सहमतीय प्रधानमन्त्री सिफारिस गर्न राष्ट्रपतिले गरेको आहृवानलाई प्रचण्डले सकारात्मक रुपमा लिएपछि भट्टराईले असन्तुष्टि जनाउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

जनकपुरधाम।नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट