‘अबको सरकारका पनि एमाओवादीकै नेतृत्वमा’

१२ मंसिर २०६९, मंगलवार १६:०५ मा प्रकाशित

सुनसरी, १२ मंसिर । एकीकृत नेकपा माओवादीका नेता गोपाल किराँतीले अवको सरकारको नेतृत्व पनि एमाओवादीले नै गर्ने दावी गरेका छन् । उनले एमाले वा काँगे्रसको नेतृत्वमा बनेको सरकारले शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याएर नयाँ चुनाब गर्न नसक्ने दावी पनि गरे । किराँत राष्ट्रिय मुक्ति मोर्चाको इटहरी नगर सम्मेलन उदघाटन गर्न मंगलबार इटहरी आएका किराँतीले काँग्रेस वा एमालेको नेतृत्वमा सरकार बन्ने कुरा कल्पना गर्न नसकिने बताए ।
संविधान निर्माण, सरकार गठन लगायतका विषयमा काँग्रेस, एमाले लगायतका विपक्षी दलले लचकता देखाउनुपर्नेमा किराँतीले जोड दिए । उनले राष्ट्रपति डा। रामवरण यादवले दिएको समयसीमा भित्र कुनै पनि हालतमा सहमतीय सरकार बन्न नसक्ने र वर्तमान सरकारको विकल्प नरहेको जिकिर गरे ।
‘यो समयसीमा भित्र सहमति हुने सम्भावना नै छैन’, किराँतीले भने, ‘बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारले मात्रै आगामी बैशाखमा चुनाब गराउन सक्छ ।’ काँग्रेस, एमाले लगायतका विपक्षी दल जति उफ्रे पनि उनीहरुको नेतृत्वमा सरकार बन्न नसक्ने उनको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने