तीन प्रतिशत परिवार मात्रै इन्टरनेट पहुँच

१२ मंसिर २०६९, मंगलवार १५:५८ मा प्रकाशित

काठमाडौँ, १२ मंसिर । नेपालमा कूल जनसंख्याको ९६।७ प्रतिशत परिवारसँग इन्टरनेट पहुँच छैन। राष्ट्रिय जनगणनाको आज सार्वजनिक गरिएको अन्तिम प्रतिवेदन अनुसार कम्प्युटर भएको परिवार ७।२८ प्रतिशतमात्रै छ। त्यसमध्ये २३।६६ प्रतिशत शहरी क्षेत्रमा बस्ने परिवार हुन् भने ३।३७ प्रतिशत ग्रामीण क्षेत्रमा।
यसपटकको जनगणनामा पहिलो पटक परिवारसित कम्प्युटर, इन्टरनेट, टेलिफोन, मोबाइल फोन, मोटर, मोटरसाइकल, साइकल, फ्रिज भएरनभएको तथ्याङ्क लिइएको थियो। यसअघि रेडियो र टेलिभिजनको मात्रै तथ्याङ्क लिने गरिन्थ्यो।
टेलिभिजन हुने परिवारको संख्या बढेको छ भने रेडियो हुने परिवारको संख्या घटेको छ। यद्यपि अझै सबैभन्दा बढी ५०।८२ प्रतिशतसँग रेडियो छ।
टेलिभिजन हुने परिवारको संख्या ३६।४५ प्रतिशत छ। १० वर्षअघि यो संख्या साढे २२ प्रतिशत मात्रै थियो। केवल टिभीको लाइन भएका परिवारको संख्या १९।३३ प्रतिशत छ।
टेलिफोन हुने परिवारको संख्या ७।३७ प्रतिशत छ भने मोबाइल हुनेको संख्या ६४।६३ छ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं।बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने

काठमाडौं । भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका

आजको प्रमुख समाचार