दाहाल छलफलमा ब्यस्त

१२ मंसिर २०६९, मंगलवार १५:०२ मा प्रकाशित

काठमाडौं, १२ मंसिर । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल वर्तमान राजनीतिक गतिरोध अन्त्यका आज विहानै देखि छलफलमा ब्यस्त भएका छन् ।
उनले आज प्रधानमन्त्री बाबुराम भट्टराई र उपप्रधानमन्त्री एवम् गृहमन्त्री विजयकुमार गच्छदारसँग छुट्टाछुट्टै छलफल गरेका छन्। आफ्नै निवासमा बोलाएर उनले प्रधानमन्त्री र उपप्रधानमन्त्रीसँग छलफल गरेका हुन्।
अध्यक्ष दाहाल निवास लाजिम्पाटमा भएको छलफलमा राजनीतिक गतिरोधको अन्त्य, सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा र सरकार सम्बद्ध दलहरुले अख्तियार गर्नुपर्ने रणनीतिका विषयमा कुराकानी भएको थियो।
मन्त्रिपरिषद्को बैठक र सरकार सम्बद्ध दलहरुको गठबन्धन संयुक्त लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले राष्ट्रपतिको पछिल्लो वक्तव्यलाई असंवैधानिक र अन्तरिम संविधानको मर्म र भावना विपरीत भएको भएको ठहर गरिसकेको अवस्थामा उनीहरुबीच छलफल भएको एमाओवादी अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए।
उहाँहरुबीच राजनीतिक निकासका विषयमा नै छलफल केन्द्रित भएको र सहमतिका लागि अधिकतम् प्रयास गर्ने सहमति भएको बताइएको राससले लेखेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा