कोइरालालाई समर्थन गर्छु: गच्छदार

१२ मंसिर २०६९, मंगलवार १५:०१ मा प्रकाशित

काठमाडौं, १२ मंसिर । कांग्रेस सभापति शुशिल कोइराला सहमतिय प्रधानमन्त्री बनेमा आफुलाई आपति नहुने उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले बताएका छन् । आज विहान कोइरालासँगको भेटपछि गच्छदारले यस्तो बताएका हुन् । उनले भने, कोइरालाजस्ता त्यागी नेता प्रधानमन्त्री बने म खुशी छु । सुशील कोइराला त्यागी, तपस्वी नेता हुनुहुन्छ,उनले भने, त्यसमा सहमति भयो भने म खुशी नै हुन्छु । गच्छदारले दलहरुबीच सहमतिका लागि छलफल तीब्र भएको बताउँदै एक महिनाभित्र निकास निस्कने विश्वास व्यक्त गरे । सहमति बाहेक कुनै उपाय छैन,सहमति प्याकेजमै हुने दाबी गर्दै उनले भने, मलाई विश्वास छ दलहरुबीच एक महिनामा सहमति हुन्छ । सरकारको दाबी गर्दै आएका एमाओवादी(कांग्रेस मिल्नुको विकल्प नभएको बताउँदै उनले सहमतिका लागि एमाओवादीलाई पनि विश्वासमा लिन कोइरालालाई आग्रह गरेको बताए । उनले अब हुने सहमतिमा मधेसका मुद्दाको प्याकेजमै समाधान खोजिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार