राष्ट्रपतिलाई भेटी दाहालले भने सरकारको नेतृत्व नफेरौं

१२ मंसिर २०६९, मंगलवार १४:३५ मा प्रकाशित

काठमाडौँ, १२ मंसिर । राष्ट्रपतिण यादवसंग आज बिहान भेट गरी अध्याक्ष दाहालले सरकारको नतेृत्व नफेर्ने संकेत गर्दै यही सरकारलाई निरन्तरता दिनु पनर््े प्रस्ताव गरेका छन् । राष्ट्रपतिले सहमतीय प्रधानमन्त्रीको नाम सिफारिस गर्न तोकेको समय सीमा सकिन दुई दिन बाँकी रहँदा समेत दलहरुबीच सहमति हुन नसकिरहेका बेला एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शितल निवासमा राष्ट्रपति रामवरण यादवलाई भेटी यही सरकारलाई राष्ट्रिय स्वरुप दिनुपर्ने बताएका छन्।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपतिले आफूलाई दलीय सहमतिका लागि पहल गर्न आग्रह गरेको जानकारी दिए। हिजो साँझ लाजिम्पाट निवासमा केही पत्रकारसँग पनि दाहालले ठूलो दलको हैसियतले एकीकृत माओवादीबाट नेतृत्व हुनुपर्ने जिकिर गरेका थिए। उनले अहिलेकै प्रधानमन्त्री बाबुराम भट्टराई स्वीकार्य नभए तीन विकल्प अघि सारेका थिए। पहिलो विकल्प उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उनी पनि नभए मधेसी मोर्चाबाट विजय गच्छदार अनि महन्थ ठाकुरको नाम प्राथमिकता क्रममा उनले प्रस्ताव गरेका थिए।
कांग्रेस नेतृत्वको प्रबल दाबेदारमात्र रहेको उनले बताए। विपक्षी गठबन्धनले भने कांग्रेसको नेतृत्व स्वीकार्ने बताएका छन्। तर कांग्रेसले प्रधानमन्त्रीको नाम भने प्रस्ताव गर्न सकेको छैन।  राष्ट्रपतिले आह्वान गरेको आज पाँचौँ दिन हो। तर पनि दलहरुबीच संवादको क्रम खासै अघि बढेको छैन।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति

सर्लाही।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ । नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा हट्दैमा न्यायलय सच्चिने सम्भावना आफूले नदेखेको बताएका छन् ।