बिजय वा महन्थको नेतृत्वमा सहमतिको सरकार बनाउन सकिन्छ: प्रचण्ड

१२ मंसिर २०६९, मंगलवार ०२:४२ मा प्रकाशित

काठमाडौं, १२ मंसिर । एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि चार नयाँ बिकल्प पेश गरेका छन् । सोमबार साँझ आफ्नै निवास लाजिम्पाटमा संचारकर्मीसँग कुरा गर्दै प्रचण्डले पहिलो बिकल्प बाबुराम भट्टराईको निरन्तरता, त्यसो हुन नसके माओवादीभित्रैबाट नारायणकाजी श्रेष्ठको नेतृत्व र तेस्रो विकल्प सत्ता साझेदार गठवन्धनका अर्का नेता बिजयकुमार गच्छदार र त्यसमा पनि सहमति हुन नसके महन्थ ठाकुरको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने चार नयाँ बिकल्प अघि सरेका हुन् । पाँच बुँदे सहमति अनुसार राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने अवसर नेपाली काँग्रेसलाई नेतृत्व दिने भनिएको भएपनि त्यसका लागि काँग्रेसले संबिधानको खाका लिएर आउनुपर्ने प्रचण्डले बताए । प्रचण्डले संचारकर्मिहरुसंग भने, ‘उहाँहरुको नेतृत्वबारे हामी नकरात्मक छैनौं तर संबिधान पनि बन्दैन, सरकार पनि देउ भन्नु माओवादीलाई न्याय हुन्न ।’ राष्ट्रपतिले बक्तब्य निकाल्नुअघि आफ्नो कुराकानी भएको जानकारी दिँदै प्रचण्डले राष्ट्रपतिसंग भएको समझदारी भन्दा भिन्नै तरिकाले बक्तब्य आएको बताए । अलिक राजनीतिक किसिमको आउला भन्ने थियो, धारा नै तोकेर आयो प्रचण्डले भने । उनले अगाडी भने, ‘यो संबिधानको मर्म र भावना बिपरित हो ।’ राष्ट्रपतिले पत्र पठाएपछि सरकारले जवाफ फर्काउनु स्वभाविक हो भन्दै प्रचण्डले प्रधानमन्त्री र राष्ट्रपतिवीच द्वन्द्व बढाउन नहुने बताए । त्यसबारेमा पार्टीभित्र कुनै बिबाद नभएको उनको दावी थियो । राष्ट्रपतिले दिएको समयसीमा अर्थात मंसिर १४ गते पछि के हुन्छ भन्ने संचारकर्मीको जिज्ञासामा प्रचण्डले हाँस्दै भने, ‘२१ गते आउँछ जान्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज ३४ औं विश्व एड्स दिवस हो । यो दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ ।

भरतपुर । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाउनुभएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले केन्द्रीय निर्वाचन

काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत अध्यक्ष हुने प्रयास

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन परिणाम आउनेक्रम जारी रहँदा संस्थापन र इतर पक्षलाई आफ्नो